22.1 C
Kathmandu
Sunday, July 3, 2022
22.1 C
Kathmandu
28.2 C
Birgunj

पर्सामा चार वडाको वडाध्यक्षमा काँग्रेस र एमाले बराबरी, दुई वडा जसपाले जित्यो

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, १ जेठ-आईतबार साँझसम्मको मतपरिणामको नतिजा अनुसार पर्सामा चार वडाको वडाध्यक्षमा काँग्रेस र एमाले बराबरी जित हासिल गरेका छन् । यस्तै, दुई वडामा भने वडाध्यक्षमा जसपाले जित निकालेको छ । पर्सामा हालसम्म १० वटा वडाको अन्तिम नतिजा सार्वजनिक भएको छ ।

- Advertisement -

पर्साको छिपहरमाई गाउँपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार कामेश्वरप्रसाद यादव विजयी भएका छन् । उनले ७२९ मत प्राप्त गरेका हुन् । उनका निकटम प्रतिस्पर्धी जनता समाजवादी पार्टी नेपालका रामपुकार यादवले ६ सय ४२ मत ल्याएका हुन् ।

- Advertisement -

यस्तै, पर्साको धोबिनी गाँउपालिका–१ को वडाध्यक्षमा कांग्रेसका उम्मेदवार बन्धु साह तेली निर्वाचित भएका छन् । तेलीले ५ सय ७४ मत पाएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी जसपाका उम्मेदवारले ४ सय ७७ मत मात्रै पाए ।

यता, पर्साको पोखरिया नगरपालिका–१० को वडाध्यक्षमा कांग्रेसका सोनालाल साह गोढ विजयी भएका छन् । उनले ४४७ मत पाए । उनका निटकतम प्रतिद्धन्द्धी एमालेका उम्मेदवार बुनिलाल राउत कुर्मी उम्मेदवारले ३८७ मत मात्रै प्राप्त गरे ।

यसैगरी, पर्साको बहुदरमाई नगरपालिका–१ को वडाध्यक्षमा कांग्रेसका प्रमोद यादव विजयी भएका छन् । ५७० मतका साथ उनी वडाध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी एमालेका मनोज राउत अहिरले ५४२ मत मात्रै प्राप्त गरेका छन् ।

त्यसैगरी, पर्साको पोखरीया नगरपालिका–१ को वडाध्यक्षमा नेकपा एमालेका प्रमोद गिरी विजयी भएका छन् । उनले ४४७ मत पाएका हुन् । उनका निटकतम प्रतिद्धन्द्धी कांग्रेसका उम्मेदवार राजु गिरीले २६७ मत मात्रै प्राप्त गरे ।
यस्तै, पर्साको ठोरी गाँउपालिका–१ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार धनमान थापा विजयी भएका छन्। उनले ६५१ मत प्राप्त गरेका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका उम्मेदवार नवराज फुयाँलले ६३० मत पाए ।

त्यस्तै, पर्साको जीराभवानी गाँउपालिका–१ को वडाअध्यक्षमा नेकपा एमालेका उम्मेदवार रामशरण खवास विजयी भएका छन् । १ हजार २ सय ८८ मतका साथ वडाध्यक्षमा खवास निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार शेख नुमान आजमले ९ सय ३३ मत मात्रै प्राप्त गरेका छन् ।

पर्साको पटेर्वासुगौली गाँउपालिका–१ को वडाध्यक्षमा नेकपा एमालेका फरमान मियाँ निर्वाचित भएका छन् । मिया ५२३ मतका साथ वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सुलेमान मिया दर्जीले ३८४ मत प्राप्त गरेका छन् ।

पर्साको बिन्दबासनी गाउँपालिका–१ को वडाध्यक्षमा जसपाका अक्षयलाल महतो निर्वाचित भएका छन् । महत्तो ३७९ मतका साथ वडाध्यक्षमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धि नेकपा एमालेका उम्मेदवार सागीर मियाले भने २७१ मत मात्रै प्राप्त गरेका छन् ।

पर्साको धोबीनी गाँउपालिका –२ को वडाअध्यक्षमा जसपाका देवेन्द्र प्रसाद कुर्मी निर्वाचित भएका छन्। कुर्मी ८७५ मतका साथ वडाअध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली एमालेका उम्मेदवार नन्दलाल प्रसाद पटेलले ४९१ मत प्राप्त गरेका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -