काठमाडौंको फोहोर व्यवस्थापन भएको नुवाकोटको सिसडोलमा फोहोरको पहिरो गएको छ ।
ककनी गाउँपालिका–३ स्थित सिसडोलमा फोहोरको पहिरो गएको हो । ल्यान्डफिल साइटमा रहेको क्षमताभन्दा बढीको फोहोरको पहाडबाट पहिरो खस्दा बुधबार दिउँसो सडक अवरुद्ध नै हुन पुगेको प्रहरीले जनाएको छ ।
पहिरोका कारण करिब दुई घण्टापछि अवरुद्ध भएको थियो । उपत्यकाको फोहोर विसर्जन सिसडोलमा हुने गरेकामा पछिल्लाे समय भने बञ्चरेडाँडामा हुँदै आएको छ । बञ्चरेडाँडा जान सिसडोल हुँदै जानुपर्छ ।