जनकपुर,०२ असार । मधेश सरकारले दलित बालबालिकाहरुको विद्यालयमा भर्नादर र साक्षरता बढाउन उनीहरुलाई वार्षिक दुई हजार रुपैयाँ दिने भएको छ ।
दलित शिक्षा अभियान सञ्चालन गरेर मधेश सरकारले दलित बालबालिकाहरुलाई प्रति वर्ष दुई हजार रुपैयाँको उप्बल्ध गराउने भएको हो ।
बुधबार प्रदेशसभामा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि बजेट प्रस्तुत गर्दै डोम, मुसहर, चमार, दुषाध र हलखोर जातिका बालबालिकालाई वार्षिकरुपमा प्रतिविद्यार्थी २ हजार रुपैयाँ दिने गरी २ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए ।
उनका अनुसार त्यस्तो रकमले दलित समुदायका बालबालिकालाई विद्यालयमा ल्याई साक्षरतादरमा वृद्धि गर्न र स्कुल छाड्ने दरलाई न्यून गर्न सहयोग पुर्याउनेछ ।
त्यस्तै दलित, विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि प्रदेश सरकारले उच्च प्राविधिक शिक्षा अध्ययन गर्न छात्रवृत्तिको व्यवस्था गरेको छ ।