22.1 C
Kathmandu
Wednesday, June 29, 2022
22.1 C
Kathmandu
26.2 C
Birgunj

जनकपुर : दोहोरो नागरिकता लिने एकजना पक्राउ

सिफारिस

जनकपुर,असार ३ । दोहोरो नागरिकता लिने एकजना पक्राउ परेका छन् ।

- Advertisement -

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ बस्ने २३ वर्षीय आनन्द मिश्र भन्ने आनन्द मोहन शरण रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

- Advertisement -

मंगलवार जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको विशेष अनुसन्धान टोलीले गोप्य सूचनाको आधारमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ स्थितबाट शरणलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।

दोहोरो नेपाली नागरिकता लिएको हुँदा शरणलाई नियत्रणमा लिएर नागरिकता सम्बन्धी कागजातहरू माग गरी हेर्दा आनन्द मिश्र नाम भएको नागरिकताको प्रतिलिपि र आनन्द कुमार मिश्र नाम गरेको सक्कलै नागरिकताको प्रतिलिपि समेत देखाएकोमा नागरिकताको प्रतिलिपिहरू बरामद गरेर नागरिकता सम्बन्धि मुद्दामा म्याद थप गरि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय धनुषाले जनाएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -