21.1 C
Kathmandu
Thursday, June 30, 2022
21.1 C
Kathmandu
25.3 C
Birgunj

सुशासन कायम गरी जनभावनानुसार काम गर्न जनप्रतिनिधिलाई प्रधानमन्त्रीको निर्देशन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

कञ्चनपुर,०३ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले इमानदार भइ कामकाज गर्न जनप्रतिनिधिलाई निर्देशन दिएका छन् ।

- Advertisement -

नेपाली कांग्रेस कञ्चनपुर जिल्ला कार्यसमितिद्वारा स्थानीय पालिकाहरूमा निर्वाचित जनप्रतिनिधिको सम्मानमा शुक्रबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री देउवाले आफू निर्वाचित भएको क्षेत्रका जनताको हितमा दत्तचित्त भएर काम गर्न आग्रह गरेका हुन्।

- Advertisement -

प्रधानमन्त्री देउवाले जनताका पक्षमा समर्पित भइ कामकाज गर्न आग्रह गरे। जनता रहे मात्र राजनीतिक पार्टी रहने बताउँदै प्रधानमन्त्री देउवाले जिल्लास्थित निर्वाचन क्षेत्र र पालिकाहरूमा सुशासन कायम गरी जनभावनानुसार काम गर्न जनप्रतिनिधिसँग अनुरोध गरे।

आजै प्रधानमन्त्री देउवा सुदूरपश्चिम विश्वविद्यालयकको दोस्रो दीक्षान्त समारोहमा सहभागी हुने कार्यक्रम छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -