22.1 C
Kathmandu
Wednesday, June 29, 2022
22.1 C
Kathmandu
26.2 C
Birgunj

मतदाता नमावलीलाई सहज बनाउन आगह

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,०४ असार । जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख रन्जिता झाले उम्मेद्वार र राजनीतिक दलकै कारण मत बढी बदर हुन पुगेको बताएकी छिन् ।

- Advertisement -

उम्मेद्वारी दिने समयसम्म पनि उम्मेद्वारलाई आफू कुन पार्टी÷स्वतन्त्रबाट उम्मेद्वार बन्ने हो भन्ने नै जानकारी नहुनु र राजनीतिक दलले पनि पहिल्यै उम्मेद्वार टुंगो लगाउन नसक्दा मत बदर बढी हुन पुगेको उनको भनाई थियो ।

- Advertisement -

बीरगन्जमा शनिबार आयाेजित मतदाता नमावलीमा महिला, दलित लगायत सिमान्तकृत समुदायको पहुँच सुनिश्चितताका लागि जिल्लास्थित सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा झाले यस्तो बताएकी हुन् ।

‘उम्मेद्वारी दिने समयसम्म कुन चिन्ह लिएर उम्मेद्वार बन्ने भन्ने विषयमा उम्मेद्वार नै अनबिज्ञ देखिए, चुनाव चिन्ह एकिन भइसकेपछि पनि त्यसबारे मतदातालाई बुझाउनै सकेनन्,’ प्रमुख झाले भनिन्, ‘त्यसले गर्दा मत हाल्ने क्रममा मतदाता झुक्किन पुगे, अनि मत बदर हुन पुग्यो ।’

यस पटक मतदाता शिक्षा कार्यक्रम संचालन नहुँदा केही असर गरेको भए पनि मुख्य गरेर राजनीतिक दल र उम्मेद्वारको समयमा एकिन नहुँदा बढी मत बदर भएको निर्वाचन कार्यालय पर्साकी प्रमुख झाले बताइन् ।

अहिले मतदाता नामावली संकलन गर्ने काम भइरहेको भन्दै उनले त्यसका लागि स्थानीय तहले आफ्नो ठाउँका नागरिकलाई सूचना दिएर मतदाता संकलनमा सहयोग गर्न आग्रह पनि गरिन् ।

अहिले निर्वाचन कार्यालयका साथै जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय सुपौली गरि ३ स्थानबाट मतदाता नामावली संकलन भइरहेकाले यसअघि नाम चढाउन छुटेका मतदाताले समयमै नाम दर्ता गरेर मताधिकार प्रयोग गर्न आग्रह गरेकी हुन् ।

कार्यक्रममा सरोकारवालाहरुले मतदाता नामावली जिल्लाको तीन स्थानबाट मात्रै संकलन गर्नु उपयुक्त नभएको भन्दै छुटेका मतदातालाई समेट्न वडा÷वडामै घुम्ति टोली पठाउनु जरुरी रहेको बताए ।

‘गाउँपालिकाको केन्द्रमा पठाउँदा पनि अझै धेरै नागरिक मताधिकारबाट बन्चित छन्,’ पत्रकार मनोज पटेल भन्छन्, ‘वडातहमै घुम्ति टोली पठाउन सकिए मात्रै सबैलाई समेट्न सकिएला होइन भने त अझै मताधिकारबाट बन्चित हुने सख्या ठूलै रहिरन्छ ।’

कार्यक्रममा सञ्चारकर्मी बृजलाल पासवान, मनोज पटेल, शम्भु सुमन, निर्वाचित प्रतिनिधि संगिता दास लगायतले मतदाता नामावली संकलनलाई सहज बनाउन आग्रह गरेका थिए । कार्यक्रम दलित पत्रकार संघ पर्साका अध्यक्ष श्याम पासवानको सभापतित्वमा सम्पन्न भएको हो ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -