22.1 C
Kathmandu
Wednesday, June 29, 2022
22.1 C
Kathmandu
26.2 C
Birgunj

पर्सामा गाँजासहित एक जना पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

पर्साबाट लागुऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पटेर्वासुगौली गाउँपालिका- ४ अकुवा बस्ने ६८ वर्षीय रामेश्वर पञ्जियार पक्राउ परेका हुन् ।

- Advertisement -

पञ्जियारको घरमा लुकाएर राखिएको अवस्थामा चार किलो ३०० ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

- Advertisement -

असार सात गते साँझ पाँच बजे अकुवा टोलमा लागुऔषध गाँजा बिक्री हुने गरेको सूचना प्रहरीसमक्ष आएको थियो ।

सूचनाकै आधारमा प्रहरीले पञ्जियारको घर खानतलासी गर्दा घरमा लुकाएर राखेको अवस्थामा चार किलो ३०० ग्राम गाजा फेला परेको थियो ।

उनीविरुद्ध लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -