23.1 C
Kathmandu
Wednesday, August 17, 2022
23.1 C
Kathmandu
29 C
Birgunj

बस र ट्याङकर एकआपसमा ठाेकिदाँ एक जनाको मृत्यु,१६ जना घाइते

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

मकवानपुर,११ असार । मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका -९ मा भएको सवारी दुर्घटना परी घाइते भएका एक जनाको मृत्यु भएको छ ।

- Advertisement -

पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडातर्फबाट पथलैयातर्फ जाँदै गरेको बा ८ ख ६३४६ नम्बरको बस र पथलैयातर्फबाट हेटौंडातर्फ आउँदै गरेको आउँदै गरेको लु १ २ ख २७५८ नम्बर ट्याङकर एकआपसमा ठोक्किएको थियो ।

- Advertisement -

दुर्घटनामा गम्भीर घाइते भएका नवलपरासी बर्दघाट नगरपालिका–१ का अन्दाजी ३२ वर्षीय सन्जीव रानाको उपचारका क्रममा भरतपुरस्थित चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले बताए ।

दुई सवारी एकआपसमा ठोक्किएर दुर्घटना हुँदा १६ जना घाइते भएका थिए । घाइते मध्ये दुई जनाको हेटौंडामा उपचार सम्भव नभएपछि थप उपचारको लागि चितवन मेडिकल कलेज लगिएकोमा ट्याङकर चालक रानाको शनिबार दिउँसो उपचारको क्रममा मृत्यु भएको प्रवक्ता घिमिरेले बताए ।

प्रवक्ता घिमिरेका अनुसार घाइते १४ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको र एकको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । सामान्य घाइते भएको बसको चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको उनले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -