25.1 C
Kathmandu
Friday, September 30, 2022
24.1 C
Kathmandu
31.7 C
Birgunj

बिकास बिरोधीहरुको षडयन्त्र बिफल बन्न थाले बीरगन्ज माईस्थान–घण्टाघर सडक खण्ड

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज, ११ असार – बीरगन्ज महानगरपालिकाको मेयर राजेशमान सिंहले चुनावी सभाका दौरान भनेका बीरगन्ज घण्टाघरको मुख्य सडक कालोपत्रे गर्ने कार्य शुरु भएको छ । नवनिर्वाचित मेयर सिंहले सपथ ग्रहणपछि कार्यभार सम्हाले लगतै घण्टाघरको सडक मर्मत गर्न राती नै स्काभेट सहितका गाडीहरु सहित घण्टाघरमा पुगी सडक मर्मत गर्न कार्य शुरु गरेका थिए । मेयर सिंहसँग राती नै नवनिर्वाचित जनप्रतिनिधिहरु एवं महानगरपालिकाका कर्मचारीहरु पुगेका थिए ।

- Advertisement -

मेयरका सिंहले निर्वाचित भएको २४ घण्टा नबित्दै परिवर्तनको अनुभूति दिलाउने आफ्नो प्रतिबद्धता अनुसार वर्षौंदेखि जिर्ण रहेको उक्त सडक खण्ड निर्माणको काम सुरु गराएका थिए । तर कार्य शुरु गरेको केहि घण्टा नबित्दै उनका बिपक्षीहरुले सडक निर्माण कार्य रोक्न योजना बुन्न थालेका थिए । बिकास बिरोधीहरुले सडक डिविजन कार्यालयका हाकिमलाई थकाउर्ने देखि लिएर अख्यिार दुरुपयोग अनुसन्धान आयोग सम्ममा उजुरी दिएका थिए ।

- Advertisement -

जनताको सुबिधाका लागि आफु मुद्दा खेप्न पनि तयार रहेको बताउदै आएका मेयर सिंहले अन्नत जनताको विकासको चाहनामा जित हासिल गरे । तर शुक्रबार रातीदेखि सडक खण्डमा कालो पत्रे गर्ने काम पुनः सुचारु गर्न लगाए । कालो पत्रेको निरक्षण गर्न मेयर राजेशमान सिंह शुक्रवार अवेर राती आफै उपस्थित भएका थिए ।

सो क्रममा उनले बिकास बिरोधीहरुको योजना बिफल भएको तथा सडक विभागसँग अनुमति लिएर रोकिएको निर्माण काम सम्पन्न गर्न लागिएको जानकारी दिए । उनले केहि तत्वहरुले षडयन्त्र गर्ने प्रयास गरेकोले माईस्थान–घण्टाघर सडक खण्ड कालोपत्रे गर्न केहि दिन ढिला भएको बताए । तर अब हामीले बिभागबाट ग्रिन सिग्नल पाईसकेको बताउदै मेयर सिंहले चाडै बाकी ठाउँको सडकहरु पनि निर्माण कार्य थालनी गर्ने दावी गरे । अख्तियारमा उजुरी परेपछि रोकिएको काम अख्तियारलाई जवाफ पठाएर र सडक बिभागबाट अनुमति लिएर निर्माण कार्य अगाडी बढाइएको बीरगन्ज महानगरपालिका स्रोतले जनाएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -