जनकपुर,असार १२ । जनकपुरधामलाई केन्द्र बनाएर प्रकाशित हुने अखवारका प्रकाशकहरु संगठित भएका छन् । जनकपुरधाममा शनिवार डेली एक्सप्रेसका प्रकाशक शंकर साहको अध्यक्षतामा सात सदस्सीय प्रकाशक महासंघ जनकपुरधामको गठन र घोषणा गरिएको छ ।
महासंघको महासचिवमा सिमाञ्चल दैनिकका प्रकाशक पत्रकार उपेन्द्र भगत नागवंशी, कोषाध्यक्षमा धर्मा मण्डल र सचिवमा ललन साह सदस्य कमल साह सहितका रहेका छन् । त्यसैगरि सल्लाहकारमा वरिष्ठ पत्रकारहरु राजेश्वर नेपाली, रामभरोष कापडि, अशोक रौनियार, बिएम खनाल, रामभरत साह, अर्जुन क्षेत्री रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ पत्रकार नेपालीले पत्रकारको समाचारका कारण प्रकाशकहरुलाई समेत जेल जानु परेको प्रसंग कोटयाउदै प्रकाशक र पत्रकार सम्बन्ध सुमधुर भए मात्र पत्रिका र प्रकाशन सफल हुने बताए । अन्य वक्ताहरुले पनि जनकपुरधामको पत्रिका र प्रकाशनको इतिहाँस सुनाउदै राज्य र हालको तिनै तहको सरकार गम्भिर नहुँदा सञ्चार माध्यमको अवस्था दयनिय हुदै गएको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेश कर्ण, वरिष्ठ पत्रकार बिएम खनाल, अशोक रौनियार, अनिल मिश्र, प्रविण साह, नित्यानन्द मण्डल, धर्वेन्द्र झा, अभय शर्मा सहितकाले शुभकामना व्यक्त गरेका थिए ।