जनकपुरधाम,असार १२ । भिषण आगलागीका कारण लाखौंको क्षति भएको जनकपुरधाम उपमहानगरपालिका वडा नं. १७ स्थित ओम पशु सेवा केन्द्रलाई जनकपुरधाम उपमहानगरपालिका
नगर प्रमुख मनोज कुमार साहले दुई लाख रुपैया राहत स्वरुप प्रदान गरेका छन्।
गत २०७९ जेठ १९ गते भएको आगलागीका कारण एक गाई सहित २५० हास जलेको थियो भने ६ वटा गाई घाइते र गोठ पुर्ण रुपमा जलेर नष्ट भएर आगलागीमा परि पशु सेवा केन्द्रका संचालक यादव समेत घाईते भएका थिए ।
सोही आगलागीका कारण ठुलो क्षति भएकाले केही राहत होस भने उद्देश्यका साथ राहत प्रदान गरिएको बताए ।