शनि, अशोज १३, २०८०
Sat, September 30, 2023
शनि, अशोज १३, २०८०
Sat, September 30, 2023
26.6 C
Kathmandu
22.7 C
Kathmandu
30.6 C
Birgunj

चुरे लगायत मधेशका क्षेत्रमा ५००० हजार वृझारोपण कार्यक्रम सम्पन्न

सिफारिस

- Advertisement -

जनकपुरधाम, असार १४ । राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा धनुषाका युवाहरुले वृझारोपण गरेका छन । धनुषाको गणेशमान चारनाथ नगरपालिकाको उत्तरीबेल्टमा पर्ने केशरदमारमा २५००, सिरहाको कर्जन्हा नगरपालिकाको बाबा तालमा २५०० र महोत्तरी को पिपरामा ५ सय विरुवा रोपेका हुन् ।

सेभ द चिल्ड्रेन, कायापलट र रतौली युवा कल्बको आयोजनामा तथा धनुषाको गणेशमान चारनाथ नगरपालिका, सिरहाको कर्जन्हा नगरपालिका, महोत्तरीको पिपरा गाउँपालिका र नेपाल आदिबासी जनजाति महासंघ, मधेस प्रदेशको सहकार्यमा वृझारोपण कार्यक्रम गरिएको थियो ।

- Advertisement -

वृक्षारोपणमा विभिन्न प्रजातिका रुखहरु रोपिएको छ भने चुरे र चुरे संरक्षणमा सरोकारवालालाई उत्तरदायी बनाउन चुरे संरक्षणको अभियानलाई‌ निरन्तरता दिएको हो । विश्व वातावरण दिवसमा सुभारम्भ गरिएको चुरे बचाऔँ अभियानले सरकार तथा अन्य साझेदारीमा एक लाखबढि वृक्षारोपण गरेको बताउछन्, कायापलटका अध्यक्ष दिवाकर उप्रेती । उप्रेतीले भने, ‘चुरेसंग तराईको भु-भागमात्र जोडिएको होईन यससंग समग्र जिविकोपार्जन तथा जिवन जोडिएको छ । यसलाई संरक्षण नगरे मानव अस्तित्व नै समाप्त हुने छ ।’

राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा एक समयमा एकै साथ ३ जिल्लामा कार्यक्रम सञ्चालन गरिएको थियो ।

कार्यक्रममा बालबालिकाको सहभागितासंगै उनिहरुलाई वातावरण संरक्षण तथा अहिलेको जलवायु संकटको बारे पनि जानकारी गराएको सेभ द चिल्ड्रेनका प्रतिनिधि अभिलेष कर्णले बताए । उनले भने, ‘अहिलेका बालबालिकालाई रुख र चुरेको महत्व बुझाउदै र सिकाउदै जानुपर्छ ।’

त्यस्तै महोत्तरी पिपरा गाउँपालिका उपाध्यक्ष बिन्दा पाण्डेले भनिन्, ‘दलित समुदायले महिलाहरुसंगै बालबालिकालाई पनि रुखको महत्व बुझाउदै जिम्मेवार बनाउनु पर्छ ।’ उनिसंगै गाउँपालिकाकि दलित महिला कार्यपालिका सदस्य शोभा देवी दासले पछिल्लो समय बढ्दै गएको प्रदुषण र रुख मास्ने प्रवित्तिले बालबालिका तथा मानिसको स्वास्थ्यमा नकारात्मक प्रभाव परेको बताईन् ।

कार्यक्रममा सेभ द चिल्ड्रेनका प्रतिनिधि, नेपाल आदिवासी जनजाति महासंघ मधेस प्रदेशका प्रतिनिधि, सामुदायिक वनका प्रतिनिधिसहित तिन जिल्लामा ३०० बढि सहभागीहरुको सहभागीता रहेको थियो भने महोत्तरीमा दलित महिला तथा बालबालिकाको सहभागिता रहेको थियो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -