23.1 C
Kathmandu
Wednesday, August 17, 2022
23.1 C
Kathmandu
29 C
Birgunj

बालिकालाई करणी गरी आत्महत्या गर्न बाध्य गर्ने युवकलाई कारबाहीको माग गर्दै स्थानीयहरू

सिफारिस

जनकपुरधाम,असार २२ । सिरहामा बालिकालाई करणी गरी आत्महत्या गर्न बाध्य गर्ने युवकलाई कारबाहीको माग गर्दै स्थानीयहरूले प्रदर्शन गरेका छन् । सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर १ मल्हनियाँकी १४ वर्षीया बालिकालाई करणी गरी आत्महत्या गर्न बाध्य बनाएको भन्दै स्थानीयले गाउँकै दुई युवकलाई कारबाहीको माग गरेका हुन् ।

- Advertisement -

गत सोमबार राति करिब १ बजे स्थानीयले २० वर्षीय विमलेश महरा र २४ वर्षीय शतिस साफीलाई बालिकासँग फेला परेको बताएका छन् ।

- Advertisement -

गाउँलेहरु शतिसलाई समात्न सफल भएका थिए भने विमलेश भागेका थिए । शतिसले विवाह गर्ने प्रलोभन देखाउँदै घरबाट बोलाएर लगेको बालिकाले आफन्तसँग बताएकी छन् ।

बालिकाका बुवा रोजगारीको लागि कतारमा रहेका छन् । उनी आमा, दाइ, बहिनी र भाइहरूसँगै घरमा बस्दै आएकी थिइन् ।

राति शतिस र बालिका दुवैलाई घर पठाएको भएपनि दोस्रो दिन बालिका घरमै पासो लागेको अवस्थामा फेला परेकी गाउँलेले बताएका छन् ।

दोषीलाई पक्राउ नगरेसम्म शव उठाउन नदिने बताउँदै आएका स्थानीयले प्रहरीले दोषीलाई कारबाही गर्ने भनेपछि शव पोस्टमार्टमका लागि लगिएको हो ।

यसैबीच परिवारले आजै इलाका प्रहरी कार्यालय मिर्चैयाका विमलेश र शतिसको नाममा किटानी जाहेरी दिएका छन् । घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले बताएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -