29.1 C
Kathmandu
Thursday, August 11, 2022
28.1 C
Kathmandu
35.5 C
Birgunj

‘ढकियामे नागरिकता’ जनकपुरधाममा पनि प्रदर्शन

सिफारिस

जनकपुरधाम,सावन १९ । नागरिकता अभावमा वर्षौंदेखि लाखौं नागरिकले झेल्नुपरेको पीडा झल्काउने नाटक ‘ढकियामे नागरिकता’ जनकपुरधाममा पनि प्रदर्शन गरिएको छ । कलाकार सरिता साहद्वारा लिखित तथा निर्देशित नाटक आसमान नेपालको सहजीकरणमा जनकपुरधाम उद्योग बाणिज्य संघको राजर्षिसभा हलमा विहिवार मञ्चन गरिएको हो ।

- Advertisement -

- Advertisement -

नाटकमा मैथिली र नेपाली दुवै भाषा प्रयोग गरिएको छ । मधेश र खासगरि मिथिलाको मौलिकता र परिवेश झल्किने नाटकमा रुवाउने, हसाउने र अधिकारका लागि झकझकाउने उर्जा सहितको दृश्यहरु समावेश गरिएको छ । कानुनी जटिलता तथा मधेशका सीमा रक्षक रैथाने मधेशी भूमिपुत्रहरुलाई हेर्ने दृष्टिकोण र गरिने व्यवहारले नागरिकता नपाउँदा खेप्नुपर्ने समस्या एवं पीडा सरल ढंगले यो नाटकमा देखाइएको छ ।

त्यस्तै आमाको नामबाट नागरिकता र विदेशी छोरी बिहे गरेर आउँदा समयमै नागरिकता नदिने जटिलताले निम्त्याएको समस्याको पनि चित्रण गरिएको छ । मिथिला नाटयकला परिषद मिनापका कलाकारहरु दर्शकका रुपमा देखिएको सरिताको नाटकको सबैले प्रशंसा गरेका छन् । साहित्यकार रोशन जनकपुरीले नाटकको प्रशंसा गर्दै तराई मधेशको पुर्व देखि पश्चिम सबै क्षेत्रका कलाकारहरु रहेकाले नाटकको विशेषता झनै बढेको बताए । नागरिकता वितरणमा खस शासकको विभेद र मधेशीलाई हेर्न दृष्टिकोण पनि नाटकमा छर्लङ्ग पारिएको छ ।

यो नाटकले सक्कली नागरिकलाई नागरिकता लिन गाह्रो र नक्कली एवं अपराधीलाई सहजै पाउने यर्थातता चित्रण गरेको बताए । पुस्तौंदेखि वास्तविक रैथाने नेपाली नागरिकले नागरिकताविहीन हुँदा भोगिरहेको पीडालाई नाटकले उजागर गरेको छ । नाटक करिव दुई सय जनाले देखेका छन् । जिल्ला समन्वय समितिका प्रमुख सहितका विशिष्ठ व्यक्तिहरु उत्सुकता पुर्व नाटक देखेका छन् ।

नाटकमा निर्देशक सरिता साह आफै रोहित साह, कृष्णा महतो, अनिल कुर्मी (नवलपरासी), सुजिता साह (महोत्तरी), राज शर्मा पंगेनी (नवलपरासी), आदित्य मिश्रा (रौतहट), हाङ ओ राई (भोजपुर), रमिता यादव (सिरहा), सञ्जय मुडियारी (मोरङ), सुदीपजंग कार्की (मोरङ), सुदीप पटेल (धनुषा), सुस्मिता पोखरेल (सुनसरी) र प्रिन्स साहको अभिनय रहेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -