29.1 C
Kathmandu
Thursday, August 11, 2022
28.1 C
Kathmandu
35.5 C
Birgunj

१० लाख रुपैयाँ बढीको गरगहना चोरी गरेको आरोपमा एक व्यक्ति पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,२१ साउन । सुनसरीमा १० लाख रुपैयाँ बढीको गरगहना चोरी गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

- Advertisement -

सुनसरीको वराहक्षेत्र नगरपालिका १ चतरास्थित औलिया ज्वलेर्समा शुक्रबार १ बजे राति गरगहनाको पसलबाट सुनचाँदी चोरी गरेका अनिल बराइली पक्राउ परेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।

- Advertisement -

२६ वर्षीय बराइलीले एक तल्ले पक्की घरमा रहेको ज्वेलर्सको काठको ढोका फुटाएर गरगहना चोरी गरेको प्रहरीले जनाएको छ।

स्थानीय लक्ष्मण विकको ज्वलेर्समा रहेको लकर फुटाएर फरार रहेका बराईलीलाई शुक्रबार दिउँसो करिब २ बजे नै प्रहरीले पक्राउ गरेको थियो।

प्रहरीले इलाका प्रहरी कार्यालय चतरा र महेन्द्रनगरको संयुक्त प्रहरी टोलीले घटनाका अनुसन्धान गरी बराइलीलाई घरबाटै पक्राउ गरेको हो।

बराइलीको घर खानतलासी गर्दा कालो झोलामा लुकाई राखेको अवस्थामा ६ तोला ८३ लाल सुनका गहना, २ सय ९७ तोला चाँदीका गहना बरामद भएको थियो।

प्रहरीका अनुसार बरामद गरिएका गहनाको बजार मूल्य १० लाख ४० हजार ५ सय ९० रुपैयाँ रहेको छ। प्रहरीले यससम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -