29.1 C
Kathmandu
Thursday, August 11, 2022
28.1 C
Kathmandu
35.5 C
Birgunj

बीरगन्जलाई हरित शहर बनाउने उद्धेश्यसहित वृक्षारोपण सुरु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२१ साउन । बीरगन्जलाई हरित शहर बनाउने उद्धेश्यसहित वृक्षारोपण सुरु गरिएको छ ।

- Advertisement -

शनिबार बीरगन्जको भानुचोकमा नेपाल सरकारका वन तथा वातावरण मन्त्री प्रदीप यादवले वृक्षारोपण गरेर हरित शहर बनाउने अभियानको थालनी गरेका छन् ।

- Advertisement -

वातावरण संरक्षणका लागि वोटविरुवाको अपरिहार्यता रहेकाले खाली स्थानका साथै सडकपेटी तथा डिभाइडर क्षेत्रमा वृक्षारोपण गर्नु पर्नेमा मन्त्री यादवले जोड दिए । बीरगन्ज हरित शहर बनाउनका लागि अभियानकै रुपमा वृक्षाराेपण कार्यलाई अघि बढाउन सुझाव दिँदै त्यसका लाग आफ्नाे मन्त्रालयले पनि सहयाेग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बीरगन्ज महानगरपालिकाले शनिबारबाट भानुचोकदेखि घण्टाघरसम्मको सडक डिभाइडर तथा वाइपास सडक बीचमा रहेको डिभाइडरमा वृक्षारोपण गर्न थालेको छ ।

बाइपास सडकको गण्डकदेखि रजतजयन्ती चोकसम्मकै डिभाइडरमा वृक्षारोपण गरिने महानगरका प्रमुख राजेशमान सिंहले बताए ।

बाइपास सडक र लिंकरोडबाट सुरु भएको यो अभियान ३२ वटै वडामा लैजाने बताउँदै उनले रोपिएका विरुवा हुर्काउन स्थानीयको सहयोगको अपेक्षा रहने विश्वास पनि गरे ।

‘बीरगन्जलाई हरियाली बनाउन विरुवा रोपेर मात्रै हुँदैन,’ उनले भने, ‘यसलाई हुर्काउने, बढाउने काममा महानगर त लागिरहेको छ नै स्थानीयको पनि उत्तिकै सहयोग हुने विश्वास लिएको छु ।’

शनिवार आयोजित वृक्षारोपण कार्यक्रममा गुल्मोर, म्यागो स्टिक, अशोक लगायतका विरुवा रोपिएको हो ।

बीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वन तथा वातावरण मन्त्री प्रदीप यादव, बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, प्रदेशसभा सदस्य जन्नत अन्सारी लगायतको सहभागिता रहेको थियो ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -