25.1 C
Kathmandu
Friday, September 30, 2022
27.1 C
Kathmandu
33.4 C
Birgunj

अन्य प्रदेश भन्दा मधेशमा जघन्य अपराध बढदो, आईजिपी र मन्त्रीको यस्तो छ दावी

सिफारिस

जनकपुरधाम, साउन ३१ । मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री भरत प्रसाद साहले नेपाल प्रहरी पुरानो परम्परागत अनुसन्धानलाई छाडेर नयाँ प्रविधी सहितको आधुनिक अनुसन्धानलाई तिव्रता दिनुपर्ने बताएका छन् ।

- Advertisement -

नेपाल प्रहरी प्रदेश सरकार मातहत समायोजनका लागि संघिय सरकार विरुद्व आन्दोलनरत गृहमन्त्री साह मंगलवार जनकपुरधाममा नेपाल प्रहरी प्रधान कार्यालय र मधेश प्रदेश प्रहरी कार्यालयको संयुक्त आयोजनामा भएको प्रदेश स्तरीय अपराध अनुसन्धान समिक्षा गोष्ठी २०७९ लाई सम्बोधन गर्दै यस्तो बताएका हुन ।

- Advertisement -

मन्त्री साहले प्रविधियुक्त प्रहरी बनाउन मधेश प्रदेश सरकारले विभिन्न यन्त्र र सवारी साधनहरु उपलब्ध गराएको भन्दै सरकार प्रहरीको दक्षता अभिवृद्विकाका लागि तत्पर रहेको बताए । नेपाल प्रहरी प्रमुख प्रहरी महानिरिक्षक धिरज प्रताप सिंहले अन्य प्रदेशको तुलनामा मधेश प्रदेशमा हत्या जस्ता जघन्य अपराधको घटनाहरु बढि हुने गरेको बताएका छन् ।

उनले भारतको सिमानासंग टाँसिएका हुनाले पनि जघन्य अपराध र तस्करीका घटना र समस्याहरु मधेशमा अत्याधिक भइरहेको बताए । कार्यक्रममा नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरिक्षक उत्तमराज सुवेदीले १०/१५ वर्ष अगाडि ८० प्रतिशत भन्दा बढी जनघन्य उपराधको घटनामा अपरिचित व्यक्तिहरुको हात रहने गरेको मा अहिले हुने त्यसता ८५ प्रतिशत भन्दा बढि घटनामा परिवारजन तथा आफन्तहरुकै सलंग्नता रहने सुन्दा लाज लाग्ने गरेको बताए ।

मधेश प्रदेशका मुख्यन्यायधिवक्ता दिपेन्द्र झाले अपराधका स्वरुपहरु परिवर्तण भइरहँदा विश्वव्यापी सिद्वान्तलाई आत्मसाथ गर्दै अनुसन्धान गर्नुपर्ने बताए । नेपाल प्रहरीको हालको पनि अनुसन्धान असक्षम नरहेको भन्दै उनले आरोपितलाई पनि आफना कुरा सहज राख्न दिनुपर्ने र बयानको प्रक्रिया केहि सहज र विश्वासिलो हुनुपर्ने बताए । कार्यक्रममा मधेश प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पसरुद आलम खाँ, गृह तथा सञ्चार मन्त्रालयका सचिव रामकुमार महतो, प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मनोज कुमार यादव साथै आठवटै जिल्लाका प्रहरी प्रमुखहरु सहित, प्रदेश प्रहरीका जिम्मेवार प्रहरी अधिकारीहरुको उपस्थिती थियो ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -