काठमाडौँ,०६ असाेज । नेपाली बजारमा सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार पाँच सय रुपैयाँले मूल्य बढेको हो ।
आज छापावाल सुनको मूल्य तोलामा ९१ हजार ८ सय र तेजाबी सुनको मूल्य ९१ हजार ३ सय रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ३ सय र तेजाबी सुनको मूल्य तोलामा ९० हजार ८ सय रुपैयाँ रहेको थियो ।
आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । महासंघका अनुसार बुधबार तोलामा ११ सय ७० रुपैयाँ रहेको चाँदी आज तोलामा ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।