26.1 C
Kathmandu
Thursday, September 29, 2022
25.1 C
Kathmandu
30.6 C
Birgunj

बारामा घिउ र बेकरी उत्पादन गर्ने उद्योगमा सिलबन्दी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

कलैया,०६ असाेज । बारामा घिउ र बेकरी उत्पादन गर्ने उद्योगमा सिलबन्दी गरिएको छ । फेटा गाउँपालिका–२ जगतपुर टोलमा सञ्चालित गहवामाई बेकरी सटिङ रिपिरिङ र जय माँ लक्ष्मी डेरी उद्योगमा सिलबन्दी गरिएको हो ।

- Advertisement -

अनुगमनको क्रममा दुवै उद्योगले उत्पादन गर्ने सामग्रीको गुणस्तरमा शंका लागेर सिलबन्दी गरिएको खाध प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पर्साका प्रमुख विक्की राउतले बताए । उद्योगमा उत्पादित विभिन्न ब्राण्डका तयारी घिउ तथा कच्चा पदार्थ पनि नियन्त्रणमा लिएको उनले बताए ।

- Advertisement -

‘घरेलुबाट मात्रै इजाजत लिएको रहेछ, खाद्यको अनुमति लिएको नै छैन । प्रशोधन विधि पनि मिलेको छैन, लेबल पनि शंकास्पद छ’ राउतले भने ।

फरक फरक नाममा दर्ता भए पनि यी दुवै उद्योग एकै ठाउँमा सञ्चालन रहेको पाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । उद्योगलाई सिलबन्दी गरी थप अनुसन्धान कार्य अघि बढाइएको बारा प्रहरीले जनाएको छ। ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -