28.1 C
Kathmandu
Thursday, September 29, 2022
27.1 C
Kathmandu
32.9 C
Birgunj

बीरगन्जमा सवारी दुर्घटनामा एक बालकको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,०७ असाेज । बीरगन्ज महानगरपालिका -२१ तजपुरमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा एक बालकको मृत्यु भएको छ ।

- Advertisement -

ट्याक्टरबाट खसेर त्यहि ट्याक्टरले किचिएर ताजपुरकै सन्जय पासवानका ५ वर्षीय छोरा सुशील पासवानको मृत्यु भएको हो ।

- Advertisement -

प्रहरीका अनुसार बीरगन्ज २१ ताजपुरस्थित सडकमा बालुवा बोकेर जाँदै गरेको ना ३ त १४३६ नम्बरको ट्याक्टरमा सवार ५ वर्षीय बालक शुक्रबार बिहान साढे ९ बजे तिर ट्याक्टरबाट सडकमा खसेको र त्यहि ट्याक्टरको चक्काले किचिएर गम्भीर घाइते भएका थिए ।

घाइते बालकलाई उपचारका लागि तत्कालै नारायणी अस्पतालमा लैजाने क्रममा बाटोमा नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर नियन्त्रणमा लिइएको र चालक सुनील यादव भने घटनास्थलबाट फरार रहेको हुँदा उनको खोजतलास भइरहेको पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -