शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा...

काठमाडौं,१६ चैत - सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक दिपक अधिकारी सशस्त्र प्रहरी...

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो...

काठमाडौं,१६ चैत संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो...

एसईईमा चिट चोर्नलगाउने ...

बिहीबारदेखि सुरु एसईई परीक्षामा चिट चोर्नलगाउने आरोपमा बारामा एक शिक्षक र एक जना...

पढन गएका बालबालिकालाई घर...

पढन गएका बालबालिकालाई घर निर्माणको काममा लगाउँदा पर्सामा एक नाबालक विद्यार्थी घाइते भएका...
23.1 C
Kathmandu
32.3 C
Birgunj

कतार विश्वकप फुटबलको ‘फिभर’

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं – नेपालमा ठीक यतिबेला चुनावी रौनक चलिरहेको छ। तर, यसपटक नेपालमा चुनावकै समयमा कतार विश्वकप फुटबलको ज्वरो अर्थात ‘फिभर’ बढेको छ। विश्वकप जस्ता ठूला प्रतियोगिताले केवल मनोरञ्जन मात्रै दिँदैन।

- Advertisement -

आफूले मन पराएका देश र खेलाडीले नै विश्वकप फुटबलको ट्रफी उचालेको हेर्न धेरै दर्शक बिरामीजस्तै भइसकेका हुन्छन्। विश्वकप फुटबलमा सयौँ खेलाडीको भिडन्त हुन्छ। सयौँ खेलाडीको खेलमा लाखौँ दर्शकको मनको लडाइँ चल्छ।

जित्नेले खुशी मनाउने र हार्नेले पीडा मनाउने भएकाले पनि विश्वकप फुटबललाई ‘फिभर’का रुपमा लिइन्छ । यसपटकको विश्वकपमा पनि विभिन्न देश सहभागी छन् । जुन छनौट चरण पार गरेर आएका छन् ।

- Advertisement -

विश्वमा आफ्नो अर्थतन्त्रको शक्ति देखाइरहेको कतारले यसपटकको विश्वकप फुटबल आयोजना गर्दा धेरै फुटबल पण्डित चकित परिरहेका छन् । कतारले ठूलै मूल्य चुकाएर विश्वकप फुटबलको आयोजना गरेको छ ।

जुन सामान्य मात्रै होइन, फरक र विशेष पनि हो । सम्भवतः खाडी देशकै हैसियत वरपर रहेको कतारले पछिल्ला वर्षमा जसरी आफ्नो प्रगति गरेको छ, त्यो अविश्वसनीय छ । जुन विश्वका धेरै देशले गर्न सकेका थिएनन् ।

यसपटक विश्वकप नै आयोजना गरेर कतारले आफूलाई फेरि प्रमाणित गरेको छ । यसले धेरै दीर्घकालीन रुपमा कतारको अर्थतन्त्रलाई टेवा दिनेछ । कतारले विश्वकप आयोजना गर्दा सयौँ नेपाली कामदारले ज्यान गुमाएको तथ्य छिपेको छैन ।

नजिकै विश्वकप फुटबल आयोजना हुँदा धेरै नेपाली अवसर नछुटाउने सुरमा छन् । केही नेपाली विश्वकप फुटबल हेर्न कतार पुगिसकेका छन् । खाडीमा रहेका धेरै नेपाली कतार विश्वकप हेर्न पुगिसकेका छन् । विश्वकप फुटबलमा धेरै रोचक तथ्यहरु फेरि सतहमा आउनेछन् ।

कसले जित्ला विश्वकप ट्रफी ?

यतिबेला पनि कुन देशले विश्वकप जित्छ भन्दा पनि कुन सुपरस्टारले विश्वकप जित्ला भनेर धेरैले अनुमान गरेका छन् । यो विश्वकपमा पनि फुटबलका सुपरस्टार लियोनल मेस्सी, क्रिष्टियानो रोनाल्डो, नेयमार लगायतलाई नै मुख्य दाबेदार मानिएको छ ।

मेस्सीको देश अर्जेन्टिना, नेयमारको देश ब्राजिल यो विश्वकपका मुख्य दाबेदार मानिन्छन् । पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले यसपटक आफूहरु विश्वकपको उपाधि दाबेदार नभएको बताएका छन् । किनकी उनको देशले उपाधि जित्ने सपना बुनिसकेको छैन ।

युरोकप र नेसन्स लिग जितिसकेका रोनाल्डो यतिबेला उत्कृष्ट फर्ममा छैनन् । सोही कारण यसपटक ब्राजिल, अर्जेन्टिना, इंग्ल्याण्ड र फ्रान्सलाई मुख्य दाबेदार मानिएको छ । त्यसमा पनि ब्राजिल र अर्जेन्टिना ठूला दाबेदार हुन् ।

मेस्सीको विश्वकप जित्ने भोक र युवा तथा क्षमतावान खेलाडीले भरिएको ब्राजिल सधैं उत्कृष्ट रहने गर्छन् । कोपा अमेरिका अर्जेन्टिनालाई जिताएको सुरमा पनि यसपटक नेयमार विश्वकप जित्न आतुर छन् ।

त्यसबाहेक फुटबलकै ठूलो भिडन्त भएकाले यो प्रतियोगितामा जुन टिमले उत्कृष्ट खेल्छ, उसले विश्वकप जित्नेमा आशंका छैन ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार