शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

सांसद खड्काले १५ वर्षदेखि...

काठमाडौँ — कांग्रेस सांसद दीपक खड्काले १५ वर्षदेखि कब्जा गरेको लैनचौरस्थित स्काउटको जग्गा...

आज – ०७ बैशाख...

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ सवारी...

एनआईटीबीएलले नेपालको आयात निर्यातमा...

बीरगन्ज,०६ वैैशाख । इन्टर मोडल यातायात विकास समिति (एनआईटीबीएल) ले नेपालको आयात निर्यातमा...

बीरगन्जको महाविरस्थान स्थित १...

बीरगन्ज,०६ वैशाख । पर्सा प्रहरीले बीरगन्जको महाविर स्थान नजिक एक गोदाममा छापा मारी...
18.1 C
Kathmandu
23.8 C
Birgunj

जसपाकाे पहिलो जित पर्सा ४ (ख) बाट सिंगासन सा. कलवार

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगञ्ज, ६ मंसिर । पर्साको क्षेत्र नम्बर ४ (ख) बाट प्रदेशसभा सदस्य पदमा जनता समाजवादी पार्टी नेपाल (जसपा) का सिंगासन सा कलवार दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

- Advertisement -

मंगलबार पोखरियास्थित श्री जिल्ला उचाङ्गल उच्च माध्यमिक विद्यालयमा सम्पन्न भएको मतगणनाको अन्तिम परिणाम आउँदा जसपाका कलवार आफ्ना निकटम प्रतिद्वन्द्वीलाई २ हजार भन्दापनि बढीको फराकिलो मतान्तरले पछाडि छोड्दै निर्वाचित भएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्सा निर्वाचन क्षेत्र नम्बर ४ ले उपलब्ध गराएको मतपरिणामको नतिजा अनुसार कलवार आफ्ना निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार प्रह्लाद सा कानुलाई २ हजार ७ सय ४४ मतको फराकिलो मतान्तरले पराजित गर्दै निर्वाचित भएका छन् ।

- Advertisement -

कलवारले १५ हजार ३ सय ८५ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी कानुले १२ हजार ६ सय ४१ मत प्राप्त गरेका छन् । १७ सय ६५ मत प्राप्त गरेर पाँच दलीय गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी शेख चाँद तारा कुमारी तेस्रो भएकी छन् ।

जनता समाजवादी पार्टी नेपाल (जसपा) र नेकपा एमालेको तर्फबाट साझा उम्मेदवार रहेका कलवार यसअघि सोही क्षेत्रबाट तत्कालिन सङ्घीय समाजवादी फोरम नेपालबाट निर्वाचित भएका थिए । कलवारले यसअघि ११ हजार ७ सय ८ मत ल्याएर नेपाली कांग्रेसका वशिष्ट नारायण कुर्मीलाई पराजित गरेका थिए ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार