आइतवार, फाल्गुन १३, २०८०
Sun, February 25, 2024

सुर्खेतमा तरुण दलका नेतामाथि...

शनिबार राति पौने ९ बजे सुर्खेतको वीरेन्द्रनगर बजारबाट आफ्नो घरतर्फ जाँदै गरेका विनोद...

जनमत पार्टीले घोषणा गर्‍यो...

काठमाडौं । विद्यमान गणतन्त्रले देशको समस्या समाधान नभएको भन्दै सीके राउत नेतृत्वको जनमत...

मधेशका यू-१६ कप्तान चन्दनलाई...

बीरगन्ज, १३ माघ । भर्खरै सम्पन्न भएको १६ वर्ष मुनिको मनमोहन मेमोरियल टि...

रौतहटबाट गाँजासहित एक जना...

रौतहट,१३ फागुन । रौतहटको पश्चिम उतरिभेग गुजरा नगरपालिकास्थित लालबकैया नदीको बाँधबाट ४ किलो...
11.1 C
Kathmandu
14.9 C
Birgunj

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दी पुन: निर्वाचित

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगञ्ज, ७ मंसिर । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दी पुन: निर्वाचित भएका छन् ।

- Advertisement -

पर्सा निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिएका राउत ७ हजार ५ सय ४५ मत ल्याएर पुन: निर्वाचित भएका हुन् ।

बुधबार बिहान पर्सा निर्वाचन क्षेत्र नम्बर १ (ख) को मतगणनाको अन्तिम परिणाम अनुसार राउत आफ्ना निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका रामनारायण प्रसाद कुर्मीलाई १३ सय ३३ मतको अन्तरले पराजित गर्दै दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । कुर्मीले ६ हजार २ सय १२ मत प्राप्त गरेका छन् ।

- Advertisement -

कुर्मी पछाडि २ हजार ८ सय ४१ मत ल्याएर राष्ट्रिय प्रजातन्त्र पार्टीका विनय प्रसाद झा तेस्रो स्थानमा रहेका छन् भने हाम्रो नेपाली पार्टीका ओमप्रकाश सर्राफ २ हजार २९ मत ल्याएर चौथो स्थानमा रहेका छन् । त्यस्तै स्वतन्त्रबाट उम्मेदवारी दिएका शशी कपुर मियाँले १ हजार ८० मत प्राप्त गरेर पाँचौ स्थानमा रहेका छन् ।

राउत यसअघि पनि यसै क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुँदै मधेश प्रदेशका मुख्यमन्त्री बनेका थिए । २०७४ को निर्वाचनमा राउतले ९ हजार ८ सय ४ मत प्राप्त गरेर नेपाली कांग्रेसका विजय सर्राफलाई पराजित गरेका थिए ।

राउतको जितसँगै पर्सामा जसपाको दोस्रो उम्मेदवार विजयी भएका छन् । यसअघि प्रदेशसभा सदस्य पदमै पर्सा निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट जसपाका सिंगासन सा कलवार निर्वाचित भएका थिए ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार