शनि, अशोज १३, २०८०
Sat, September 30, 2023
शनि, अशोज १३, २०८०
Sat, September 30, 2023
26.6 C
Kathmandu
27.1 C
Kathmandu
34.2 C
Birgunj

अखिलको अध्यक्ष पाएनन्, जनताले सांसद जिताए

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

८ मंसिर, हेटौंडा । राजनीतिका गुरु–चेला विरोध खतिवडा र महेश बर्तौलाको चुनावी गतिविधि जति रोचक थियो मतगणना पनि उत्तिकै रोचक बन्यो । सुरुको गणनामा कहिले गुरु अघि त कहिले चेला । करिब ९ हजार मतगणना हुँदासम्म यस्तै भइरह्यो ।

- Advertisement -

११ हजार ४७७ मतगणनाको परिणाम आउँदा ४११ मतले अघि बढेका बर्तौला हरेक परिणाममा थोरै थोरै थप्दै अघि बढिरहे । करिब–करिब अन्तिमसम्म पनि परिणाम उल्टाउन सकिन्छ कि भन्ने आशा खतिवडासँग पनि थियो । तर, बिहीबार बिहान मतगणनाको अन्तिम परिणाम आउँदा चेलाले गुरुलाई ४ हजार ५ सय २० मतान्तरमा पछि पारे । बर्तौलाले ३४ हजार ९१६ मत प्राप्त गरे भने खतिवडाले ३० हजार ३९६ मत प्राप्त गरे ।

विद्यार्थी राजनीतिबाट विदा लिएको एक वर्षमै महेशले संसद प्रवेश गर्ने अवसर पाएका छन् । अनेरास्ववियुको केन्द्रीय उपाध्यक्ष रहेका उनी २ असोज २०७८ मा ऐन महरसँगै विद्यार्थी राजनीतिबाट अलग्गिएका थिए । अनेरास्ववियुको केन्द्रीय अध्यक्ष बन्ने सपना अधुरो भएपनि सांसद बन्ने उनको प्रयासलाई जनताले अनुमोदन गरेका छन् ।

- Advertisement -

‘जनताले केन्द्रीय राजनीतिमा युवाले प्रतिनिधित्व गर्नुपर्छ भन्ने ठानेर मलाई असाध्यै माया गरेर अत्यधिक मतका साथ विजयी गराउनुभएको छ । जिम्मेवारी वोधका साथ जनताको सेवा गर्न उत्साही बनाएको छ । मकवानपुरको विकास र समृद्धिको अगुवाई गर्ने जिम्मेवारी पुरा गर्ने संकल्पका साथ म काम गर्नेछु,’ निर्वाचित भएपछि बर्तौलाले भने, ‘निर्वाचन मेरो लागि असल विश्वविद्यालय बनेको छ । उहाँसँगको मेरो प्रतिस्पर्धा अलिकति भिन्न प्रकारले नयाँ अनुभव संगाल्ने अवसरका रुपमा लिएको छु ।’

गठबन्धनको बलमा २३ हजारभन्दा बढी जनमत लिएर अघि बढेका खतिवडाले राजनीतिमा आफैंले दीक्षित गरेका चेलाबाट पराजित हुनुपर्छ भनेर सायदै सोचेका थिए होलान् । २०४८ सालको चुनाव पछि नेकपा एमाले पार्टीबाट चार पटक उनी संसदीय राजनीतिमा छाइरहे ।

केन्द्रीय राजनीतिमा भएको लडाइँले एउटै पार्टीका गुरु–चेलालाई दुई फरक पार्टीमा विभाजित गरिदियो । खतिवडा नेकपा एकीकृत समाजवादीको बाटोमा हिंडे भने बर्तौला आफ्नै पुरानै घरमा बसे । ‘ जनताले उहाँले स्वेच्छिक अवकास लिदिएहुन्थ्यो भन्ने चाहेका थिए,’ बर्तौला भन्छन्,‘ उहाँले मान्नुभएन त्यसैकारण जनताले उहाँलाई आराम गर्न भन्नुभयो ।’

निर्वाचित भएपछि प्रतिक्रिया दिंदै बर्तौलाले राजनीतिक गुरु खतिवडाको अनुभवलाई पनि साथमा लिएर जाने बताए । उनले भने, ‘मकवानपुरे जनताको मुद्दा, सरोकारलाई म राष्ट्रिय नीति र कानुन बनाउने कुरामा जोड्नेछु । आदरणीय विरोध दाइको अनुभवलाई साथमा लिएर उहाँसँगको समन्वयमा अन्य पार्टीका नेता कार्यकर्तालाई साथमा लिएर अघि बढ्छु ।’

उनले अबको ५ वर्ष मकवानपुरको पहिचान आउने गरी भूमिका निर्वाह गर्ने बताए । केन्द्रीय सरकारको माध्यमबाट जिल्लाको विकास र समृद्धिमा आवश्यक पर्ने योजना तथा बजेटहरुमा काम गर्ने उनले बताए । ‘म ५ वर्ष जनताको दैलोमा बसेर परीक्षा दिन्छु । अब ३०/३२ वर्ष मेरो राजनीतिक यात्रा रहन्छ । यो परीक्षामा फेल भए भने रिटायर्ड हुनसक्छु । म यो कुरालाई ध्यान दिन्छु’ उनले भने ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -