शुक्र, जेष्ठ २६, २०८०
Fri, June 9, 2023
शुक्र, जेष्ठ २६, २०८०
Fri, June 9, 2023
24.1 C
Kathmandu
26.1 C
Kathmandu
37.9 C
Birgunj

विश्वकपमा युवाको सनसनी र मानव अधिकार हनन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

‘कतार विश्वकप मैले देखेको मध्ये सबै भन्दा बढी राजनीतिक घटना हो,’ युरोपेली फुटबल भेदभाव विरोधी निकाय फेयरका प्रमुखले भनेका छन्। इङ्गल्यान्ड, वेल्स र अन्य पाँच युरोपेली देश पाखुरामा ‘वान लभ’ लेखिएको ब्यान्ड लगाउने निर्णयबाट फिर्ता भएका छन्। फिफाले यस बापत कारबाही गर्ने निर्णय गरेपछि यी देशहरू पछि हटेको हुन्। इरानले आफ्नै देशमा जारी सरकार विरोधी प्रदर्शनलाई साथ दिँदै राष्ट्रिय गान नगाउने भएको छ।

- Advertisement -

वेल्सका समर्थकले सप्तरङ्गी रङ्गको टोपी लगाइएपछि त्यसलाई उतार्न भनिएको थियो। इङ्गल्यान्ड, वेल्स, बेल्जियम, डेनमार्क, जर्मनी, नेदरल्यान्ड र स्वीजरल्यान्डका कप्तानले विविधता र समावेशीकरणलाई साथ दिन ‘वान लभ्ड’ ब्यान्ड बाँध्ने योजना बुनेका थिए।

विश्वकप अगाडि नै कतार धेरै कुरामा आलोचित भएको थियो। समलिङ्गी माथिको खराब व्यवहार , त्यहाँको मानव अधिकार सुचांक तथा आप्रवासी कामदारमाथि गरेको व्यवहारका कारण आलोचित थियो।

- Advertisement -

“मैले यो भन्दा अगाडि कहिल्यै पनि यस्तो देखेको थिइनँ,”, फेयरका प्राविधिक निर्देशक पियरा पावरले भनेका छन्। सप्तरङ्गी रङ्गको अर्थ नै एलजीबीटीक्यूलाई साथ दिने हो।

वेल्सकी पूर्व फुटबल टोलीकी कप्तान महिला गे लाउरा म्याक अलीस्टर फिफा काउन्सिलमा उम्मेदवार थिइन्। उनले अमेरिकासँगको खेलमा आफूहरूको सप्तरङ्गी टोपी लगाउन नपाएकोमा दुख व्यक्त गरेकी छिन्। यसै कारण उनलाई आधा घण्टा रङ्गशालाको गेटमा नै रोकिएको थियो। उनले कतारमा रहँदा त्यहाँको कानुन मान्नु पर्ने बाध्यता रहेको बताइन्। यस अगाडि रङ्गशालाको निर्धारित स्थानमा मदिरा विक्री गरिने बताए पनि प्रतियोगिता सुरु हुन दुई दिन अगाडि कतारले यसमा आफ्नो नीति परिवर्तन गरेको थियो।

वेल्सकी पूर्व फुटबल टोलीकी कप्तान महिला गे लाउरा म्याक अलीस्टर फिफा काउन्सिलमा उम्मेदवार थिइन्। उनले अमेरिकासँगको खेलमा आफूहरूको सप्तरङ्गी टोपी लगाउन नपाएकोमा दुख व्यक्त गरेकी छिन्।

पावरले यस बारेमा फिफामा आवाज उठाउन अत्यन्त जरुरी रहेको बताएका छन्। उनले मानव अधिकारको न्यूनतम मापदण्ड पुरा गर्न भन्दा पनि कतारलाई खुसी बनाउन लागि परेको गुनासो गरेका छन्। उनले भविष्यमा फिफाले आयोजनाको अवसर दिने समयमा नै मानव अधिकारको आँखाले हेरे धेरै कुरा तय गर्नु पर्ने कुरामा जोड दिन्छन्।

उनले कुनै पनि हालतमा मानव अधिकारको सवालमा अन्तर्राष्ट्रिय मापदण्ड पुरा नगरी अगाडि बढ्नै नमिल्ने बताएका छन्। उनको विचारमा हरेक स्थानका खेलाडीका आफ्ना महत्त्व हुन्छन्। उनीहरूलाई केही कुरामा लाद्न मिल्दैन। अष्टेलियाकी खेलकुद मन्त्री एनीका वेल्सले बतारले आफ्ना नागरिकमाथि गरेको दमनले उनीहरूलाई हेर्ने दृष्टिकोण प्रष्ट हुने बताएकी छन्।

अहिले इरानका खेलाडीले आफ्नै देशमा भएको विद्रोहलाई साथ दिने क्रममा राष्ट्रिय गानसमेत नगाउने बताए। यसलाई धेरैले प्रशंसा गर्न थालेका छन्। जर्मनीले जापानसँगको खेल हुनु अगाडि कतारका विषयमा उठेका यी आवाजको बारेमा आफ्नो प्रतिबद्धता व्यक्त गरेको थियो। उनीहरूले मुखमा हात राखेका थिए।

यी भए विवादका कुरा यसै विश्वकपका सुरुवाती चरणका प्रदर्शनको कुरा गर्दा केही अप्रत्याशित परिणामका कुरा भए। सबै देशले आफ्नो पहिलो खेल खेल्न त बाँकी नै छ। तथापि केही खेलाडीले भने यस बीचमा साँच्चै सुन्दर खेल खेलेका थिए।

अहिले इरानका खेलाडीले आफ्नै देशमा भएको विद्रोहलाई साथ दिने क्रममा राष्ट्रिय गानसमेत नगाउने बताए। यसलाई धेरैले प्रशंसा गर्न थालेका छन्।

संसारले अहिले कतारलाई चासो पूर्वक हेरिरहेको छ। मानव अधिकारको सवालमा कतारपछि परेको धेरैको गुनासो छ। कतारले भने यी आवाजलाई सामान्य ठानेको छ। मुस्लिम कानुनको अनुसार यी प्रतिबन्ध अनिवार्य रहेको कतारको जिकिर छ।

जर्मन खेलाडीले गरेको जस्तै विरोध प्रदर्शन संसारका अन्य देशका खेलाडीले पनि गरेमा कतार सरकारले फिफालाई अनुरोध गर्दै दबाब सिर्जना गर्ने अनुमान गरिएको छ ।

अरबीहरूले भने जर्मनीविरुद्धमा आवाज उठाउन थालेका छन्। उनीहरूले सामाजिक सञ्जालमा प्रतिक्रिया दिदैं आफ्नो स्थानमा त्यहाँको धार्मिक मान्यता अनुसार रीति बनाइनु स्वाभाविक भएको प्रतिक्रिया दिएका छन्।

जर्मन पक्ष पनि यसलाई राजनीतिक सोचमा अगाडि बढाउन नभई मानव अधिकार बारेको आवाज संसारलाई सुनाउन चाहेको तथा ध्यान आकृष्ट गर्न चाहेको कुरामा नै अडिग रहेको छ।

अरबीहरूले अर्को आवाज उठाएको छन्। सन् २००८ मा चीनले आयोजना गरेको ओलम्पिक खेलकुद तथा सन् २०१८ मा रुसले गरेको विश्वकप जस्तो यो विश्वकप नभएको जिकिर गरेका छन्। चीन र रुस दुवैलाई मानव अधिकारको सवालमा अत्यन्त कमजोर देश मानिन्छ।

कतारले विश्वकप आयोजनाको असर पाएको घोषणा हुने बित्तिकै धेरै अरबी देशले त्यसलाई अरब दुनियाँको जितको रूपमा लिएको थियो। जर्मनीको लागि जापानसँगको हार साँच्चै सहनै कठिन बनेको थियो। नयाँ खेलाडीसहित नयाँ युगको सुरुवात गर्ने सोचका साथ मैदानमा आएको जर्मनी पहिलो खेलमा जापानसँग २–१ ले पराजित भएको छ।

अरबीहरूले सन् २००८ मा चीनले आयोजना गरेको ओलम्पिक खेलकुद तथा सन् २०१८ मा रुसले गरेको विश्वकप जस्तो यो नभएको जिकिर गरेका छन्। चीन र रुस दुवैलाई मानव अधिकारको सवालमा कमजोर मानिन्छ।

दुई पटक आफूले गरेको गोल रेफ्रिले अमान्य गर्नु, दुई पटक बल गोल पोस्टमा लागेर फर्कनु र केही राम्रा र सहज अवसर खेर फाल्नु जर्मनीका लागि खेलको दुख पक्ष बनेको थियो। हारका बाबजुद वायरन म्युनिखका स्टार टिन एजका मिडफिल्डर जमाल मुसियालाको प्रदर्शन भने साँच्चै उत्कृष्ट थियो।

जारी विश्वपमै टिन एजर जाभीले पनि धेरैको मन जित्न सफल भएका छन्। पहिलो खेलमा कोस्टारिकालाई ७–० ले हराउँदै स्पेनले पनि आफूलाई दाबेदारको रूपमा प्रस्तुत गरेको छ।

फेरन टोरेसले सो खेलमा दुई गोल गरेका थिए। जाभीको गोल भने विशेष महत्त्वपूर्ण थियो। उनले सानदार भली मार्फत गोल गर्दै पेलेपछि विश्वकपमा गोल गर्ने सबै भन्दा कान्छो खेलाडीको कीर्तिमान पनि कायम गरे। ७४ औ मिनेटमा वैकल्पिक खेलाडी अलभारो मोराटाका सहयोगमा जाभीले गोल गरेका हुन्। कोस्टारिकासँगको खेलमा उनको साथमा १९ वर्षीय पेड्रीले पनि त्यत्तिकै सानदार प्रदर्शन गरेका थिए। लगातार तीन विश्वकपमा खेलमा पराजय भोगेको स्पेनका लागि लामो समय पछि यो विश्वकप सुखद भएको हो।

यस अगाडिका विश्वकपमा केही यस्ता नाम छन्, जुन एक दम कम उमेरमै सनसनी फैलाउन सफल भएका थिए। सन् १९५८ मा पेलेले गरेको प्रदर्शनको समकक्षमा त सायद कोही पनि टिन एजर पुग्न सक्ने छैनन्। सन् १९९० मा टोटो सिलाचीको प्रदर्शन पनि कम्ती थिएन। उनले इटालीलाई तेस्रो स्थान दिलाउन महत्त्वपूर्ण भूमिका निभाएका थिए । उनी त उत्कृष्ट खेलाडी र शीर्ष गोलकर्ता दुवै भएका थिए। २०१० को विश्वकपमा असफाह ज्ञानले पनि त्यस्तै प्रदर्शन गरेका थिए।

सन् १९५८ मा पेलेले गरेको प्रदर्शनको समकक्षमा सायद कोही पनि टिन एजर पुग्न सक्ने छैनन्। सन् १९९० मा टोटो सिलाचीको प्रदर्शन कम्ती थिएन। उनले इटालीलाई तेस्रो स्थान दिलाउन महत्त्वपूर्ण भूमिका निभाएका थिए । उनी उत्कृष्ट खेलाडी र शीर्ष गोलकर्ता दुवै भएका थिए।

फ्रान्सका एडेउरो कामा भिंगाले प्रतियोगिता अगाडी बढ्दै जाँदा आफूलाई स्थापित गर्ने सम्भावना प्रबल मानिन्छ। यसैगरी ब्राजिलका भिन्सीस जुनियर टिन एज त पार गरे। तर, २२ वर्षका मात्र भएका उनको प्रदर्शनलाई धेरैले चासो दिएर हेरेका छन्। जापानका ताकेफुसा कम्बो पहिलो खेलमा गोल गर्न त असफल भए। तर, उनले पनि राम्रो प्रदर्शन गरेका थिए। टोकियोमा भएको ओलम्पिक खेलकुद दक्षिण अफ्रिकाविरुद्ध उनैले पहिलो गोल गरेपछि उनका फ्यान त्यत्तिकै बढेका थिए।

अहिले २१ वर्षका उनीप्रति सिङ्गो विश्वकपको ध्यान आकृष्ट भएको छ। पहिलो खेलमा पाएको सफलताका कारण जापान दोस्रो चरणमा प्रवेशको सम्भावना पनि प्रबल बनेको छ। यसै कारण जापानका यी स्टार जारी विश्वकपमा छाउन सक्ने खेलाडीको रूपमा रहेका छन्।
क्यानडाका अल्फान्सो डेभिस तथा सेनेगलका पेप मटार सारले पनि धेरैको मन जित्ने अनुमान गरिएको छ।

युवा खेलाडीले संसारको मन जिती रहेको यसै विश्वकपमा मानव अधिकारको आवाज पनि जोडदार ढङ्गले उठिरहेको छ। जारी विश्वकपमा यी दुवै विषयको चर्चा अन्त्यसम्म रहने छ। स्रोत : बीबीसी ओलम्पिक च्यानल

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -