आइत, अशोज १४, २०८०
Sun, October 1, 2023
आइत, अशोज १४, २०८०
Sun, October 1, 2023
22.1 C
Kathmandu
21.6 C
Kathmandu
26.2 C
Birgunj

नेपाल प्रहरी र सशत्र प्रहरीको सेटिङ्गबाटै पर्सामा खुल्याम तस्करी,समान चेक गर्न खोज्दा डिउटीका कर्मचारीलाई थर्काउछन तस्करहरु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,९ मंसिर – देश निर्वाचनको महाकुम्भमा रहेको वेला पर्सा भने प्रहरी सेटिङ्गमै खुल्याम तस्करी भइरहेको छ । आम जनताको र सरकारका नेताहरुको ध्यान निर्वाचनको मत परिमाणमा केन्द्रित रहेको बेला पर्सामा नेपाल प्रहरी र सशत्र प्रहरी वलकै सेटिङ्गमा खुल्याम तस्करी भइरहेको स्रोतको दावी छ । पछिल्लो समयमा पर्सामा प्रहरी साना देखि ठूला सम्म सबै तस्करलाई लाईनदिएको छ ।

- Advertisement -

प्रहरी यस सम्म आफ्नो शाख झारेको छ कि समान खासेपछि लाइन बाधिएको छ भन्दै तस्करहरुले डिउटीमा खटेको प्रहरी जवानलाई गाली वेइज्जती गर्न थालेका छन् । महिनावारी लिएर समान समातेको भन्दै शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बीरगन्जको मुल गेटमै महिला तस्करको समूहले डिउटिमा रहेका जवानलाई गाली ग्लोज गर्दै माथीको हाकिमले पैसा आएको छ भनेर हप्काएको समाचार प्राप्त भएको छ ।

गत साता भारतको रक्सौलबाट अटोमा कपडा लोड गरी मुख्य भन्सार नाका हुदै आएको अटोलाई डिउटीमा खटिएका शसस्त्र प्रहरीले बुझाएपछि केहीबेर नाकामै बिबाद भएको थियो । सो समितेलाई धेरैले आफ्नो मोवाईलमा कैद समेत गर्न भ्याए । समान पक्राउ परेपछि सप्रनि रबिन्द्र भटलाई भेटनखोज्दा गेटमै रोकेपछि कारोबारीले महिनावारी लिने अनि समान पक्रिने भन्दै गेटमै बिबाद गरेको थियो । प्रहरीले पक्राउ परेको समान सहितको अटोबाट समान झारी केहीबेर मै अटो छोडेका थिए ।

- Advertisement -

दैनिक बीरगञ्जको मुख्य भन्सार नाकाबाट राजश्व छली तस्करी गर्ने साना ठुला गरी दुई दर्जन तस्कर समूहले अटो,मोटरसाइकल र साइकलमा सामान ओसारी रहेका छन । तस्कर समूहले भारतको रक्सौलबाट कपडा,किराना आइटम,मोटर पार्टस,कस्मेटिक र हार्डवेयरका सामान दिनभरी जसो निर्वाध रूपमा ओसारी रहेका छन । सप्रनि भट्टले सोही बिओपीका सहायक हवल्दार सुरज पन्त मार्फत तस्कर समूहसँग सेटिङ गरी रकम संकल्न गर्न परिचालन गरिएको बताइन्छ । सेटिङ्ग माथी सम्म रहेको कारण हाल सम्म उनीहरुलाई कारवाही नभएको जानकारहरुको भनाई छ ।

तस्करीका लागि तस्करहरुले सबै भन्दा साईकल,मोटर साईकल र अटोको प्रयोग गरेका छन् । थोरै थौरै गरी जम्मा भएको समानहरु पर्साको नामुद तस्करहरुको ट्रन्सर्पोट कम्पनीहरु मार्फत नेपालको कुना कप्चामा पुग्ने गरेको छ । यता सशत्र प्रहरी प्रहरी र नेपाल प्रहरीका अधिकारीहरुले निर्वाचनको सुरक्षालाई मध्य नजर गर्दै सिमा नाकाको सरक्षा कडा पारिएको बताउँदै ढिढोरा पिटी रहेका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -