10.1 C
Kathmandu
Saturday, January 28, 2023
10.1 C
Kathmandu
14.7 C
Birgunj

अन्तिम १६ मा पुग्ने चार टोलीको टुङ्गो लाग्यो, कसको भिडन्त कोसँग ?

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१४ मंसिर –  विश्वकप फुटबलमा समूह ए र समूह बी का समूह चरणका खेलहरू टुङ्गिएका छन् । योसँगै दुई समूहबाट नकआउट चरणमा पुग्ने ४ वटा टोलीको फैसला भएको छ । समूह एबाट नेदरल्याण्ड्स समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो भने सोही समूहबाट सेनेगल उपविजेता बन्न सफल भयो ।

- Advertisement -

बुधबार राति भएका खेलहरूमा नेदरल्याण्ड्सले कतारलाई २–० गोल तथा सेनेगलले इक्वेडरलाई २–१ गोलले हरायो । उता समूह बीबाट इंग्ल्याण्ड र अमेरिका समूह विजेता र उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश पाएका छन् । इंग्ल्याण्डले अन्तिम खेलमा वेल्सलाई ३–० ले पराजित गर्‍यो भने अमेरिकाले इरानमाथि १–० जीत हात पार्‍यो । अब अन्तिम १६ मा दुई समूहका विजेता र उपविजेताबीच भिडन्त हुनेछ ।

अन्तिम १६ को पहिलो खेलमा समूह एको विजेता नेदरल्याण्ड्सले समूह बीको उपविजेता अमेरिकाको सामना गर्नेछ । दुई टोलीबीच ३ डिसेम्बरमा खलिफा अन्तर्राष्ट्रिय स्टेडियमा खेल हुनेछ । त्यस्तै, समूह बीको विजेता इंग्ल्याण्डले समूह एको उपविजेता सेनेगलसँग खेल्नेछ । दुई टोलीबीच अद बयात स्टेडियममा डिसेम्बर ५ को बिहान खेल हुनेछ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -