आइतवार, फाल्गुन १३, २०८०
Sun, February 25, 2024

सुर्खेतमा तरुण दलका नेतामाथि...

शनिबार राति पौने ९ बजे सुर्खेतको वीरेन्द्रनगर बजारबाट आफ्नो घरतर्फ जाँदै गरेका विनोद...

जनमत पार्टीले घोषणा गर्‍यो...

काठमाडौं । विद्यमान गणतन्त्रले देशको समस्या समाधान नभएको भन्दै सीके राउत नेतृत्वको जनमत...

मधेशका यू-१६ कप्तान चन्दनलाई...

बीरगन्ज, १३ माघ । भर्खरै सम्पन्न भएको १६ वर्ष मुनिको मनमोहन मेमोरियल टि...

रौतहटबाट गाँजासहित एक जना...

रौतहट,१३ फागुन । रौतहटको पश्चिम उतरिभेग गुजरा नगरपालिकास्थित लालबकैया नदीको बाँधबाट ४ किलो...
8.1 C
Kathmandu
12.3 C
Birgunj

मेरो निर्वाचन क्षेत्रमा धाँधली भयो पुनः मतदान हुनुपर्छ : झलनाथ खनाल

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१४ मंसिर । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले इलाम क्षेत्र नम्बर १ धाँधली भएको भन्दै पुनः मतदान हुनुपर्ने बताएका छन् । मंगलबार बसेको पार्टी सचिवालय बैठकमा नेता खनालले आफ्नो निर्वाचन क्षेत्रका विषयमा विस्तृतमा ब्रिफिङ गराएका हुन् ।

- Advertisement -

एमालेका उम्मेदवार महेश बस्नेतले धाँधली गरेको भन्दै खनालले अदालतबाट कानुनी उपचार खोज्नुपर्ने बताएका हुन् । ‘मेरो क्षेत्रमा चुनावमा धाँदली भएको छ । मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्र भेटिएका छन् । पैसाको खोलो बगाएको छ’ खनालले भने, ‘अब मेरो क्षेत्रमा पुनः मतदान हुनुपर्छ । यदि त्यसो हुन नसकेमा कानुनी उपचार खोज्ने विषयमा बैठकमा धारणा राखेको छु ।’

पार्टीले समेत खनालको पराजयका विषयमा समेत खोजबिन गर्ने भएको छ । यस्तै पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पनि आफू पराजय भएको विषयमा बैठकलाई जानकारी गराएका छन् । खतिवडाले उदयपुर २ बाट पराजित हुनुका कारण बारेमा पार्टीलाई प्रष्ट पारेका हुन् । यस्तै पार्टीबाट टिकट पाएपनि पराजित भएका नेताहरूले आ –आफ्नो धारणा राखेका छन् ।

- Advertisement -

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार