मङ्लबार, बैशाख ११, २०८१
Tue, April 23, 2024

औषधिमा प्रयोग हुने केमिकल...

धादिङ,११ वैशाख । रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौँतर्फ जाँदै गरेको ना४ख...

बारामा वरिष्ठ सईले बोकेको...

बारा,११ वैशाख । इलाका प्रहरी कार्यालय अमलेखगन्जका वरिष्ठ सईले बोकेको अटोमेटिक पेस्तोल गायब...

मलेसियामा दुईवटा हेलिकप्टर आकाशमै...

क्वाललम्पुर,११ वैशाख । मलेसियामा नौसेनाको तालिमका क्रममा दुईवटा हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटनामा परेका...

सावधान ! प्लाष्टिकको प्रयोगले...

११ वैशाख, काठमाडौं ।  १८५५ मा, अलेक्जेन्डर पार्केसले पार्केसिन पत्ता लगाए । यो...
29.1 C
Kathmandu
41.1 C
Birgunj

कांग्रेसकै नेतृत्वमा सरकार बन्छ : डा. शेखर कोइराला

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

विराटनगर,१५ मंसिर । नेपाली कांग्रेस नेता डाक्टर शेखर कोइरालाले कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताएका छन् । निर्वाचनबाट सन्तोषजनक नतिजा आएको बताउँदै उनले कांग्रेसको नेतृत्वमा सरकार बन्ने दावी गरेका हुन् । तर संसदीय दलको नेता को बन्छ भन्ने विषयमा भने उनी खुलेर बोल्न चाहेनन् ।

- Advertisement -

विराटनगरमा बिहीबार बिहान पत्रकार सम्मेलन गर्दै उनले संसदीय दलका सभापति शेरबहादुर देउवा टिमको बर्चस्व भएपनि संसदीय निर्वाचनमा आफ्नो टिमले प्रयास भने गर्ने बताए ।

‘नम्बर गेममा यसै हेर्दा शेरबहादुरजीकै बर्चस्व छ भन्ने देखिन्छ,’ उनले भने, ‘हामी कसरी जाने म शेरबहादुरजीसँग पनि कुरा गर्छु, पार्टीको सभापतिसँग कुरा नगरी जिम्मेवार व्यक्तिले अगाडि बढ्न पनि हुँदैन जस्तो लाग्छ, अन्य साथीहरुसँग पनि कुरा गर्छाैं ।’

- Advertisement -

शेखर कोइरालाको टिमबाट महामन्त्री जितेका गगन थापाले संसदीय दलको नेताका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् । उनी आक्रामक रुपमा अगाडि बढिरहेका छन् । तर कोइरालाले भने खुलेर बोलेका छैनन् ।

‘पार्लामेन्ट्री पार्टीको लिडरसीपको लागि मुख्य नम्बर (सदस्य संख्या) गेम नै हो,’ उनले भने, ‘अब हामीले कोशिस गर्ने हो त्यो नम्बर पुर्‍याउनलाई । नम्बर गेम लिनलाई हामीले प्रयास गर्ने, त्यो बेग्लै कुरा भो तर नम्बर पुगेन भने शिथिल भएर बस्ने त होइन, हाम्रा एजेण्डाहरु छँदैछन् त्यसलाई अगाडि बढाउने हो ।’

उनले संसदीय दलको नेतामा दावी गरिरहेका नेता गगन थापासँग आफ्नो फोनमा मात्रै कुरा भएको बताए ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार