बीरगन्ज,७ माघ – नेकपा एमाले बिन्दवासिनी गाउँपालिका कमिटिका तत्कालिन गाउँपालिका कमिटि सचिव मुकेश चौरसियाको हत्या प्रकरण एक पटक फेरी चर्चामा आएको छ । नेकपा एमालेको भेला भइरहेको अवस्थामा पार्टीकै दुई गुट बिच कुटा कुट भएको थियो र सा घटनाको क्रममा सचिव मुकेश चौरसियाको टाउँको वासको फाटा लागेर मृत्यु भएको थियो ।
भेला भइरहेको स्थलमै टाउँकोमा गम्भीर चोट लागी अचेत भएका चौरसियाको बीरगन्ज स्थित एलएस न्युरो हस्पिटलमा उपचारको लागि भर्ना गरिएको थियो । तर अस्पताल पु¥याएको केही बेरमै अस्पतालका चिकित्सकहरुले चौरसियालाई मृत घोषणा गरेका थिए । सो घटनामा मृतक चौरसियाका भाई महेश चौरसियाले प्रहरीमा १२ जना बिरुद्ध किटानी जाहेरी दिएका थिए ।
२०७७ साल कार्तिक ७ गते भएको घटनामा कार्तिक ९ गते १२ जना बिरुद्ध मुदा दायर भएको थियो । मुद्दामा नेकपा एमाले पर्साका चिर्चित नेता राजकुमार गुप्ता सहित १२ जनाको विरुद्धको जाहेरीमा जिल्ला न्याधिवक्ताको कार्यालय पर्साका तत्कालिन जिल्ला न्याधिवक्ता पद्मबहादुर कार्कीले प्रहरी कल डिटेल पेश नगरेको भन्दै सांसद राजकुमार गुप्ता,लक्ष्मण चौरसिया र हनिफ मिँया माथी मुद्दा नचल्ने निर्णय गरेका थिए ।
उक्त निर्णयको बिरुद्धमा मृतक चौरसियाका भाई महेश चौरसियाले उच्च अदालत र सर्वोच्च अदालतमा समेत पुगेका थिए । तर दुवै ठाउँमा गुप्ता लगायतका उनीहरुले सफाई पाएका थिए । मृतक चौरसियाका परिवारजनले प्रहरीको अनुसन्धन नै त्रुटी पूर्ण रहेको बताउँदै आएका थिए ।
तर पछिल्लो पटक पुस ११ गते महान्याधिवक्ता खुमबहादुर खातीले पूरक जाहेरी दर्ता गरी प्रक्रिया अगाडी बढाउँन जिल्ला न्याधिवक्ताको कार्यालय पर्साको नाममा आदेश जारी गरेपछि मुद्दाले फेरी चर्चा पाएको छ । मृतक चौरसियाका भाई महेश चौरसियाले शुक्रवार बीरगन्जमा पत्रकार सम्मेलनको आयोजना गरी मुद्दा पुनः ओपन भएको दावी गर्दै घटनाको सत्य तथ्य छानविन हुनु पर्ने कुरामा जोड दिएका छन् ।
उनले गुप्ता सहितका आरोपीहरुलाई राजनितिक पहुचको आधारमा उन्मुक्ति दिन तत्कालिन समयमा खाजिएको भन्दै प्रहरीले त्रुटी पूर्ण रुपमा पठाएको कल डिटेल लगायतका प्रमाणहरु अदालतमा पेश गर्नु पर्ने माग गरेका छन् । बीगन्जको पद्म पार्टी प्यालेसमा आयोजना गरिएको पत्रकार सम्मेलन चौरसियाले आफु न्याय पाउँने आशावादी रहेको बताए ।
पत्रकार सम्मेलनमा उपस्थित रहेका नेपाली कांग्रेसका नेता सुरेन्द्र चौधरीले यो लडाई कानुनी लडाई रहेको कारण यसमा आफ्नो कुनै राजनितिक प्रतिशोध अथवा पूर्वाग्रह नरहेको दावी गरे । उनले नेपाल कानुनी राज्य भएको बताउँदै आफु दोषीलाई कारवाही हुनु पर्छ भन्ने पक्षमा जहिल्यै पनि उभिने बताए ।
यत्ता राजकुमार गुप्ताका पक्षधरहरुले पछिल्लो पटक भएको प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेसका नेता चौधरी गुप्तासँग पराजित भएपछि राजनितिक प्रतिशोधका कारण घटनालाई मलजल गर्न खाजेको आरोप लगाउँदै आएका छन् ।
चारौसिया हत्याकाण्डमा दुई जना पूर्वपक्ष लागि बीरगन्ज कारगारमा छन् । तीन जनाले सफाई पाएका छन् भने ५ जना धरौटीमा रिहा भएका छन् । एक जना अझै पनि फरार रहेका छन् । घटनाले एक चोटी फेरी चर्चा पाएका पछि दुवै तर्फबाट आरोप प्रत्यारोप शुरु भएको छ ।