10.1 C
Kathmandu
Saturday, January 28, 2023
10.1 C
Kathmandu
14.7 C
Birgunj

संसदमा नउठ्दैनमा मधेशका शहीदको अपमान गर्‍यो भन्न पाइँदैन : राजेन्द्र लिङ्देन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०७ माघ । उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले ५ माघमा सांसद सीके राउतले मौन धारण गराउँदा नउठेकै आधारमा मधेश आन्दोलनका शहीदको सम्मान नगरेको भन्न नमिल्ने बताएका छन् ।

- Advertisement -

शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संसदमा सभामुखबाहेक अरु कसैको रुलिङ नचल्ने बताए ।

उक्त दिन संसदमा बोल्ने क्रममा जनमत पार्टीका अध्यक्ष सीके राउतले मधेश आन्दोलनका शहीदको सम्झनामा सबैलाई उठेर मौन धारण गर्न आग्रह गरेका थिए । त्यतिबेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनसहितका कतिपय उठेका थिएनन् । तर उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र कतिपय सांसद उठेका थिए ।

- Advertisement -

राप्रपाका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री लिङ्देनले उक्त दिन नउठ्दैमा मधेश आन्दोलाका शहीदको सम्मान नगरेको अर्थ लगाउन नमिल्ने बताए ।

‘संसदको मर्यादा हुन्छ, उहाँ रुलिङ सभामुखको चल्छ, यति कुरा पनि दोस्रो पटक निर्वाचित भएको मैले बुझिन भने, म भावनामा बगेँ भने संसदमा परम्परामा राम्रो छोड्दैन’ उनले भने, ‘कि सभामुखले रुलिङ गर्नुप¥यो । कि मेरो प्रधानमन्त्री उठ्नुपर्‍यो।’

उपप्रधानमन्त्री लिङ्देनले आफूहरुले संसदीय मर्यादा भंग गर्नु हुँदैन भनेर नउठेको बताए । ‘यसो भन्दैमा हामीले मधेश आन्दोलनको शहीदको अपमान गरेको भन्न पाइँदैन, यो गलत कुरा भइरहेको छ, यो गलत कुरा लान पाइँदैन’ उनले भने ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -