10.1 C
Kathmandu
Saturday, January 28, 2023
7.7 C
Kathmandu
10.6 C
Birgunj

मधेस प्रदेशमा एक लाख ४६ सवारी साधन कारबाहीमा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,१० माघ । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०७९-८० को छ महिनामा एक लाख ४६ हजारभन्दा बढी सवारी साधान कारबाहीमा परेका छन् ।

- Advertisement -

सवारी दुर्घटना न्यूनीकरण गर्न प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले विभिन्न कसुरमा एक लाख ४६ हजार एक सय ८० वटा सवारी साधानमाथि कारबाही गरेको हो । सवारी साधानमाथिको कारबाहीबाट रू १० करोड ७७ लाख १५ हजार पाँच सय राजस्व सङ्कलन भएको मधेस प्रदेश ट्राफिक कार्यालय पथलैया बाराले जानकारी दिएको छ ।

ट्राफिक प्रहरीले हाल राजमार्गमा जडान गरिएको सिसिटिभी र राडर स्पिड गनबाट सवारी साधनको गति निगरानी गरिरहेको छ । कार्यालय पथलैया बाराका अनुसार तीव्र गतिमा चलाइएको कार-जिप दुई हजार ६ सय ६४ वटा सवारी साधान कारबाहीमा परेका छन् ।

- Advertisement -

साथै यात्रुबाहक बस, मिनिबस र सुमो ८ सय २१ वटा, मोटरसाइकल ३ सय ४९ वटा र मालबाहक ट्रिपर, ट्रक र ट्र्याक्टर ३ सय २५ वटा गरी ४ हजार १ सय ४९ वटा सवारी साधनमाथि कारबाहीमा परेको कार्यालय प्रमुख प्रहरी उपरीक्षक सन्तोषकुमार भट्टराईले बताए ।

क्षमताभन्दा बढी यात्रु बोक्ने, तीव्र गतिमा सवारी चलाउने, बिना हेलमेट र तीन जना सवार भइ मोटरसाइकल चलाउने प्रवृति बढेकाकाले राजमार्ग तथा अन्य सहायकमार्गमा सवारी चेकजाँच कडाइ गरिएको उनको भनाइ छ ।

यस अवधिमा प्रदेशका जिल्लामा भएका २ हजार ८ सय ७६ सवारी दुर्घटनामा ३ सय ९ जनाको मृत्यु भएको छ । सवारी दुर्घटनामा सबैभन्दा बढी बारामा ६५ जना र सबैभन्दा कम पर्सामा २२ जनाको मृत्यु भएको प्रदेश ट्राफिक कार्यालय पथलैया बाराले जनाएको छ ।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!

ताजा समाचार

थप समाचार

- Advertisement -