बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
12.7 C
Kathmandu
13.2 C
Kathmandu
21.2 C
Birgunj

त्यो रमाइलो यात्रा जनकपुर देखि धरान सम्म

सिफारिस

  • रजत कायस्थ।

रामकृष्ण ढकालले गाएको गीत

- Advertisement -

“यात्रा रहेछ जिन्दगी एक्लै म हिंडिदिन्छु”

गीतले भनेको कुरा सही नैहो वास्तवमा यात्रा विनाको जीवनको कल्पना गर्न सकिन्न

- Advertisement -

हाम्रो यात्रा पनि प्रदेश नं. २ जनकपुरधाम देखि प्रदेश नं. १ मा अवस्थित धरान सम्म यात्रा सुरु भयो। यात्रा गरेपछि भने कहिलेकाहीं तुरुन्तै लेखिहाल्न मन लाग्छ ।

त्याे बिहान मलाई कहाँको जोस आइरहेको थियो। अरू दिनजस्तो मेरा परिवारका सदस्यले मलाई बिहान उठाउनै परेन। बिहान उठ्नेबित्तिकै अरू दिनभन्दा फरक म तुरून्तै तयार भएर बसेको थिएँ र साथीहरुको पर्खाइमा थिए । बिहान ७ बजे जनकपुरधाम बाट हिँड्यौ गाडीमा बस्यौं। बाटोमा दायाँबायाँ हेर्दै र रमाउँदै जाँदै गर्दा कतै धरान यति किलोमिटर भन्ने देख्दा मेरो आँखा ठूलो भयो। गाडीमा रमाउँदै, गीत सुन्दै, गाउँदै, बीचमा कतै रोकिएर खानाखाँदै गर्दै हामी सबै जना दिउसो १२ बजे गन्तव्यमा ल्याएर छोड्यो । हामी लाई नेपाल तराई बिद्यार्थी नवजागरण सँघ र पूर्वाञ्चल क्याम्पस द्वारा आयोजित बसन्त पञ्चमी अर्थात सरस्वती पुजामा मिथिला चित्रकला प्रदर्शन गर्न निमतो थियो भने हामीलाई बस्न एक होटलमा व्यवस्थापन गरिएको थियो । थकाई पनि लागेका हुनाले हामी त्यही होटलमा खाना खाएर एक्छिन आराम गर्यौ । दिउँसो पख हामी धरान घुम्न निस्क्यौं धरानको बजार भानुचोकमा पुग्यो चारै तिर हेर्यौं पूर्वी नेपालको सांस्कृतिक तथा पर्यटकीय सहर हो धरान निकै फरक लाग्यो हामीलाई पूर्वी पहाडी जिल्लाहरूको प्रवेशद्वार समेत रहेको धरान पहाड र तराईको संगमस्थल रहेको थाहा पयो । एउटा चिया पसलमा चिया खन्दै त्यहाँका स्थानिहरु संग एक्छिन कुराकानी गर्यो अनि थाहा पायो सुनसरी जिल्लाको प्रमुख सहर धरानलाई ‘लाहुरेहरुको सहर’ पनि भनिन्छ । पहाडी जिल्लाबाट बेलायत, हङकङ र भारतीय सेनामा काम गरेकाहरुले बसोबासको केन्द्र बनाएपछि धरानले आधुनिक स्वरुप पाएको हो । यो सहरको विकासमा लाहुरेहरुको योगदान महत्वपूर्ण छ । धरानबाटै तराईको भूभाग सुरु हुने भए पनि यहाँको हावापानी उति उष्ण मानिंदैन । भौगोलिक रुपमा मात्र होइन, यो सहर धार्मिक तथा ऐतिहासिक महत्वका स्थलका कारण पनि विशेषगरी आन्तरिक पर्यटकहरुको रोजाइमा पर्ने गरेको छ ।प्रदेश नम्बर १ बाट मात्र होइन, देशका अन्य क्षेत्र र छिमेकी मुलुक भारतबाट समेत धरान घुम्न आउनेहरुको संख्या उल्लेख्य रहने गरेको छ । साथै यहाँको खानपान, जीवनशैली र निकै फरक फेसन पनि लोकप्रिय छ । निकै फरक देख्यो सायद होला त्यो ठाउँअनुसार फरक हुने गर्छ । जस्तो कि समुद्री तटमा जाँदा एक प्रकारको अनुभूति हुन्छ भने जंगल सफारीमा अर्कै खालको । त्यसैगरी ऐतिहासिक महत्वका सहर र आधुनिक सहरको भ्रमणमा पृथक खालको आकर्षण हुन्छ ।

 

शक्तिपीठ दन्तकाली मन्दिर

यात्राको पहिलो दिन नै हामी धरानको प्रसिद्ध मन्दिरहरू दर्शन गर्न गयो।हामीले सुरुमा पूर्वको प्रसिद्ध शक्तिपीठ दन्तकाली मन्दिरको दर्शन गर्यो । धरान–१४ को विजयपुर डाँडोमा पर्ने दन्तकालीको चर्चा रुद्राक्षारण्य महात्म्यले गरेको छ । तीन तहको छाना युक्त नेपाली तले शैलीमा निर्मित यो मन्दिरको छाना माथि धातुको आकर्षक गजुर पनि राखिएको छ । दन्तकाली मन्दिरमा पुजनिय बस्तु दाँत आकारको पथ्थर हो, जसलाई स्वस्थानी ब्रत कथामा आधारित सतीदेवीको दाँत मानिन्छ, जहाँ सतीदेवीको दाँत पतन भएको जन विश्वास छ । यसै आधारमा यस मन्दिरलाई दन्तकाली मन्दिर भनिएको हो । मन्दिरको किंवदन्ती अनुसार मध्यकालमा विजयपुरे कालिकाका नामले चिनिने उक्त मन्दिर शिवले सतीदेवीको मृतशरीर बोकेर हिँड्दा दाँत पतन भई शक्तिपीठका रूपमा स्थापित भएको किंवदन्ती छ । मन्दिरमा सतीदेवीका दाँतको प्रती स्वरूप एउटा कालो प्रस्तर राखी पूजाआजा गर्ने गरिएको छ । मन्दिरमा बोका, राँगा आदिको बलि दिने चलन छ ।

नेपाल एकीकरणपूर्व विजयपुर राज्यका सेनवंशी राजाको इष्टदेवीका रूपमा पूजित यो शक्तिपीठको महिमा सदाकाल उस्तै छ । मन्दिर विसं २०३५÷०३६ सम्म सामान्य प्रकारको थियो भने हाल भव्य तले शैलीको मन्दिर बनाइएको छ । दन्तकाली क्षेत्रमा तीज र स्वस्थानी पूर्णिमाका अवसरमा पनि मेला लागछ । प्रत्येक अष्टमीमा बलिदिने चलन छ । मन्दिर पिण्डेश्वरदेखि करीब ५०० मिटर उत्तरतिर विजयपुर डाँडामाथि पर्छ ।रूद्राक्षारण्य महात्म्यमा पनि यसलाई पिण्डेश्वरको वायव्य दिशामा रहेकी देवी भनिएको छ । मन्दिरको मुख्य पूज्य वस्तु पनि दाँत आकारको वस्तु नै हो । यसलाई चाँदीका पाताले मोरेर राखिएको छ ।

यस मन्दिरले धरान चिनाउने गर्छन महाभारतकालीन इतिहास बोकेको र पछिल्लो समयमा किरात राजधानीका रुपमा रहेको विजयपुर धरान उपमहानगरको शिर मानिन्छ । पाँच सय वर्ष पहिले बङ्गालका राजाले जीर्णाेद्धार गरेको पिण्डेश्वर मन्दिरका अभिलेख पढ्दा पुरातात्विक, पौराणिक एवं ऐतिहासिक महत्व देखिन्छ । हालको आधुनिक धरान शहर रहेका स्थानमा शुरुमा घना जङ्गल रहेको र फँडानीका क्रममा काठ चिर्ने आरावालाले तयार गर्ने गरेको धरान (धराप) बाट नै आजको धरान शहरको नामकरण भएको भन्ने भनाइ छ ।

 

विजयपुरमा धेरैअघिदेखि बसोबास भए तापनि विसं १९५० तिर घनाजङ्गल फँडानी गरेर समतल क्षेत्रमा सानो बस्तीबाट शुरुआत भएको धरान विसं १९५९ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशम्शेरले चन्द्रनगर (हाल पुरानो बजार) र विसं १९९० तिर जुद्ध शम्शेरले जुद्ध नगर (हालको नयाँबजार) बसालेको पाइन्छ ।

प्राकृतिक सौन्दर्य भरिएको धरान बजार विजयपुरको दन्तकालीबाट धरान बजारको रमणीय दृश्य देख्न सकिन्छ । उपमहानगरपालिकाले मन्दिर नजिकै भ्यू टेशन बनाइदिएको छ । धरानबाट बिहानबेलुका यहाँ आएर आराम गर्ने तथा धरानको दृश्यावलोकन गर्ने गर्छन् । प्रातः भ्रमण गर्नेको यहाँ ताँती लाग्छ ।

 

यसबाहेक मोरङ जिल्लाका केही भाग र उदयपुर, सप्तरी तथा सुनसरी जिल्लाका इनरुवा, कोशी टप्पु आदि स्थान पनि यहाँबाट प्रष्ट देख्न सकिन्छ । यहाँबाट पश्चिम रहेको सप्तकोशीको दृष्य मनोरम देखिन्छ । यहाँसम्म पुग्नका लागि उपमहानगरपालिकाले सिढिँ बनाइदिएको छ । भानुचोकबाट साना गाडी र टेम्पुमा यहाँ जान सकिन्छ ।

 

प्रसिद्ध बुढासुब्बा मन्दिर

त्यस पश्चात हामी धरानको अर्को प्रसिद्ध बुढासुब्बा मन्दिर दर्शन गर्न गयो । पूर्वी नेपालको सुन्दर शहर धरानको शिरमा बुढासुब्बा मन्दिर रहेको छ । धरान पुग्नेहरुले नछुटाउने अर्को ठाउँ हो बुढासुब्बा मन्दिर दन्तकालीबाट केही पूर्व सेउती खोलाको डिलमाथि रहेको बुढासुब्बामा रहेका टुप्पा नभएका बाँस निकै चर्चित छन् । यी बाँसमा प्रेमी-प्रेमिकाले आफ्नो खोप्ने प्रचलन छ, जसले आफ्नो प्रेम अमर रहने जनविश्वास रहिआएको छ । प्रेमी, प्रेमिकाहरु आफ्नो प्रेम सफल बनोस भन्ने कामना गर्न सो मन्दिरमा गई धागोको डोरो मन्दिरमा बाँध्ने र मन्दिरकै आँगनमा बाँसको झ्याङ छ, तिनै बाँसहरुमा प्रेमप्रणय लेख्ने गरेका छन । सो झ्याङमा टुसाउने बाँसको टुप्पो हुदैन र छैन । त्यसको कारण हो बाँसले बनेको शिकारी बुढासुब्बाको धनुषकाँड राखिएको ठाँउ अर्थात धनुष काँड नै पलाएर टुप्पो नहुने बाँस उम्रिएको विश्वास गरिन्छ । टुप्पो नभएको बाँस अन्यत्र कतै पाइन्दैन र यसलाई दैविक शक्तिकै रुपमा लिने गरिन्छ ।

त्यस पछि हामी लगातार घुम्दै पिण्डेश्वरी बाबाधाम पुग्यो ऐतिहासिक विजयपुरगढीमा रहेको पिण्डेश्वर बाबाधामलाई हिन्दू भक्तजनहरूले पवित्र तीर्थस्थलको रूपमा लिने गर्छन् । देवाशुर संग्रामको बेलामा समुन्द्र मन्थन गर्दा निस्किएको अमृतबाट बनेको पिण्डमा महादेव अवस्थित भएकाले त्यही अमृत पिण्ड पिण्डेश्वर महादेवको रूपमा प्रतिस्थापित भएको भन्ने किंवदन्ती छ ।यस मन्दिरको स्थापना पशुपतिनाथको मन्दिर भन्दा पहिले भएको मानिन्छ । धरान घुम्न जानेका लागि यो पनि महत्वपूर्ण स्थान हो ।

भेडेटार

अन्तिमा हामी भेडेटार घुम्न गयो धरानको मुख्य बजार भानुचोकबाट १६ किलोमिट उत्तरमा रहेको भेडेटार सुनसरी र धनकुटा जिल्लामा पर्छ । सुमन्द्री सतहबाट १ हजार ४२० मिटर उचाइमा रहेको भेडेटारको मनमोहक दृश्य र चिसो हावापानीले जोकोहीलाई मोहित बनाउँछ । बिदाको दिनमा यहाँ थामिनसक्नु भीड लाग्छ । पूर्वी नेपालका विभिन्न जिल्लाका साथै भारतबाट आउने पर्यटकहरुले भेडेटार प्रायः खचाखच हुन्छ । यहाँ बस्नका लागि सुविधासम्पन्न होटल छन् भने प्रदेश १ का १४ वटै जिल्लाको अवलोकन गर्न सकिने भ्युटावर (चाल्र्स प्वाइन्ट भनिने) समेत रहेको छ ।तराईको गर्मी छल्न मानिसहरु भेडेटार उक्लिने गर्छन् । यहाँबाट कोशी नदीको मनोरम दृश्य, पूर्वी तराईका फाँट, सगरमाथा, मकालु, कञ्चनजंघा, कुम्भकर्ण जस्ता हिमशृंखला हेर्न सकिन्छ ।

थुक्पा

धरानको खानपान परिकारमा हामीले थुक्पा खायो धरानमा खानाको इतिहास हेर्ने हो भने देशकाल, परिस्थितिअनुसार यो निरन्तर परिमार्जित, परिवर्तन, विकास भइरहेको पाइन्छ । धरानमा अहिले धेरै ‘पपुलर’ भएको धराने थुक्पाको इतिहास हेर्ने हो भने ३०-३५ वर्षभन्दा पुरानो छैन । थुक्पा धरानको रैथाने परिकार होइन, तर पनि अहिले यो खाजाको रूपमा निकै लोकप्रिय छ ।

धरानमा मधेश र पहाडबाट आउने पाहुनाहरूले थुक्पा भित्र्याएका हुन् । पहिले मटरको झोलमा ‘बोइल्ड नुडल्स’ राखेर दिइन्थ्यो । धरानमा आएपछि यसको ‘कम्बिनेसन’ अझ परिमार्जित हुँदै गयो, मटर, चना, आलु, आलुचप, भुजिया, अचार थपिंदै गयो ।

त्यसपछि हामीले यहाँको निकै प्रसिद्धि  आलु निम्कीको चाखना पयो आलु निम्की पनि धरानको चर्चित परिकार हो । रैथाने परिकार नभए पनि धरानमा बनेको आलु निम्की खास लाग्छ । पाकिस्तान, भारत र नेपालमा निम्की त पहिलेदेखि बनाइने गरिएको भए पनि धरानमा निम्कीमा आलु हालेर आलु-निम्की बनाएर खान थालियो । पानीपुरी, चटपटे जस्तै आलु निम्की पनि धरानको ‘स्ट्रिट फुड’ हो ।

यसरी विभिन्न ठाउँ घुमेर विभिन्न परिकार थुक्पा र आलु निम्कीको स्वादले धरान घुमघामलाई थप रोमाञ्चक बनाउँछ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -