बीरगन्ज,१५ माघ – दरुण दल पर्साको अध्यक्ष बिकास तिवारी मनोनित हुनु भएको छ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको अध्यक्षमा तिवारी मनोनित भएसँगै लामो समय देखि रिक्त रहेको नेपाल तरुण दल पारसले नयाँ अधक्ष्य पाएको छ।
नेपाल तरुण दलको केन्द्रीय अध्यक्ष विद्वान गुरुङले पर्साको जिल्ला अध्यक्षमा विकास तिवारीलाई जिल्ला अध्यक्ष मनोनित गरेका हुन् । यस अघि तिवारी नेपाल विद्यार्थी संघको पर्साको सभापति भइसकेका छन् । सभापति तिवारीले विद्यार्थीको हकहितको लागि र समाजको लागि विभिन्न चरण गरी ४ चोटी जेल नेल परिसकेका छन् ।
अधक्षतिवरीले जसरी विद्यार्थीको हक हितको लागि जसरी काम गरियो त्यसरी नै अब पार्टीको लागि समाजको लागि र तरुण को लागि जिजान लगाई काम गर्ने प्रतिक्रिया दिएका छन् । उनले अग्रज नेता हरुले दिएको जिम्मेवारीमा खराे रूप उत्रिने भन्दै आफूलाई यहाँ सम्म पु¥याउँने ज्ञात,अज्ञात सम्पूर्ण लाई धन्यबाद तथा आभार प्रकट गरेका छन् ।