बीरगन्ज,१८ माघ – बिभन्न संचारमाध्यमहरु मार्फत् प्राप्त भएको जानकारी अनुसार मधेश प्रदेश सरकार, बीरगञ्ज महानगरपालिका र बीरगन्ज स्थित भारतीय महावाणिज्य दुतावासको सहकार्यमा बीरगञ्ज महानगरपालिका-१४ स्थित लिड रोड पिप्रालाई महात्मा गान्धी मार्ग, बीरगन्ज चिनी कारखाना परिसरभित्र रहेको पशुपतिनाथ मन्दिर तथा पार्क र बाईवास रोडसँगै महात्मा गान्धी आश्रम निर्माण गर्ने तयारी भएको प्रती पाँच दलको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेकपा एकीकृत समाजबादी पर्साका अध्यक्ष बालगोपाल थापा , नेकपा एमाले पर्साका अध्यक्ष जयप्रकाश थारु , नेकपा माओवादी केन्द्र पर्साका अध्यक्ष रामदरश कुशवाहा , लोसपा नेपाल पर्साका अध्यक्ष पुरुशोतम झा , राप्रपा पर्सा का अध्यक्ष सुमेश्वर नाथ उपाधयाय द्वरा हस्ताक्षरित बिज्ञप्ति यसवारे सम्बन्धित निकायहरुसंग जानकारी लिने काम गरी रहेकै थियौं कि आज बिहानै वीरगञ्ज महानगरपालिकाको तत्वावधानमा महात्मा गान्धी मार्ग नामाकरण समारोह २०७२ माघ १९ गते आयोजना गरिने निमन्त्रण पत्र वितरण भएको थाहा पाएको आफुहरु यस हाम्रो गम्भीर उल्लेख छ ।
बीरगञ्ज महानगरपालिका १४ स्थित उक्त रोडको नामाकरण र उद्घाटन पहिल्यै नै – भईसकेको छ । वीरगञ्ज महानगरपालिकाले नै नामाकारण लिङ्क रोड पिप्रा गरेको र तत्कालिन महानगर प्रमुखले उद्घाटन समेत गरिसकेको हो । वीरगञ्ज चिनी कारखाना परिसर भित्र रहेको पशुपतिनाथ मन्दिर र पार्क नेपाल सरकारको स्वामित्वमा रहेको र महात्मा गान्धी आश्रम निर्माणका लागि छुट्याइने भनिएको जग्गा नेपाल सरकारको रहेकोले यस स्थानमा चर्चामा रहेका संरचना बनाउँन मनासिव नदेखिएको हुँदा कुनै पनि बहानामा यी कार्यहरु सम्पादन नगरियोस र नामाकरण समारोह तत्काल स्थगन गरियोस । सम्बन्धित निकायसँग जोडदार माग गर्दछौं स्युक्त बिज्ञप्तिमा उल्लेख छ।
थप समाचार
- Advertisement -