सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
11 C
Kathmandu
11 C
Kathmandu
18.2 C
Birgunj

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनविरुद्ध सर्वोच्चमा रिट

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१९ माघ । सर्वोच्च अदालतमा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन रोक्न माग गर्दै रिट निवेदन दर्ता भएको छ। संविधानविपरीत निर्वाचनको मिति तय गरिएको दाबीसहित अधिवक्ता ज्ञानेन्द्रराज आरणले सर्वोच्चमा रिट दायर गरेका हुन्।

- Advertisement -

निर्वाचन आयोगलाई विपक्षी बनाइएको रिटमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति घोषणा गर्दा कानुन उल्लंघन भएको उल्लेख छ। रिट निवेदनमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनको दफा ४ ले कार्यकाल सकिनुभन्दा एक महिनाअघि चुनाव गर्नुपर्ने व्यवस्था गरे पनि आयोगबाट त्यसको अवज्ञा भएको उल्लेख छ।

आयोगले आगामी २५ फागुनमा राष्ट्रपति र आगामी ३ चैतमा उपराष्ट्रपतिका निर्वाचन गर्ने तालिका सार्वजनिक गरिसकेको छ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -