बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
13.2 C
Kathmandu
13.2 C
Kathmandu
21.2 C
Birgunj

मुस्लिमलाई पुनः मधेसीकै सूचीमा राख्न आग्रह

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१९ माघ । मुस्लिम आयोगले मुस्लिमलाई पुनः मधेसीकै सूचीमा राखेर सिफारिस गरिदिन मधेशी आयोगसमक्ष अनुरोध गरेको छ । मुस्लिम आयोगले मधेसी आयोगलाई एक पत्र पठाउँदै यस्तो आग्रह गरेको छ । यसअघि आयोगले सिफारिसकै आधारमा मुस्लिमलाई मधेसीको सूचीबाट हटाएको थियो ।

- Advertisement -

मधेसी आयोगद्वारा प्रकाशित ‘मधेशी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन २०७८’ मा १४९ जात सहित थारु र मुस्लिमलाई पनि मधेशीको रुपमा सूचीकृत गरिएको थियो । प्रतिवेदन राष्ट्रपति समक्ष पेश भएपछि मुस्लिम र थारु आयोगका पदाधिकारीहरु सहित सो समुदायका विभिन्न संघ संगठनहरुले मधेसी आयोगको सो निर्णयप्रति विरोध गरेका थिए । त्यसपछि आयोगले मङ्सिर २० गते बैठक बसी थारु र मुस्लिमलाई मधेशीको सूचीबाट हटाएको थियो ।

मधेसीको सूचीबाट मुस्लिमलाई हटाएपछि अहिले लोकसेवा लगायत विभिन्न निकायहरुमा प्रतिस्पर्धा गर्न मुस्लिम समुदायलाई सम्बन्धित निकायबाट मधेसीको सिफारिस पाउन अवरोध देखिएको कुरा मुस्लिम आयोगको पत्रमा उल्लेख छ ।

- Advertisement -

मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले आयोगले सुरुवातमा सबैलाई समेटेर नै आयोग अगाडि बढ्न खोज्दा सोही समुदाय र सम्बन्धित समुदायका आयोगका पदाधिकारीबाट व्यापक विरोध भएपछि सूचीबाट हटाएको बताए । यससँगै आयोग आन्तरिक छलफलमा रहेको बताइएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -