शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
13.8 C
Kathmandu
14.4 C
Kathmandu
22.8 C
Birgunj

भूमिहीनको समस्या समाधानका लागि पून सूचना गर्न आयोगलाई आग्रह

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१९ माघ – बीरगन्ज महानगरपालिकाका वडा अध्यक्ष र सचिवहरुलाई भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी व्यवस्थापन सम्बन्धमा प्रशिक्षण दिइएको छ । दुइ सत्रमा गरेर ३२ वटै वडाका वडाध्यक्ष र सचिवहरुलाई भूमि व्यवस्थापनका सम्बन्धमा प्रशिक्षण दिइएको हो ।

- Advertisement -

राष्ट्रिय भूमि आयोग सेवा केन्द्र वीरगञ्ज महानगरपालिकाको आयोजनामा बुधबार र बिहीबार गरी १ देखि ३२ नम्वर वडासम्मका वडाध्यक्ष र सचिवहरुलाई प्रशिक्षण दिइएको हो । प्रशिक्षणमा कस्ता व्यक्तिलाई भूमिहिन दलित, सुकुम्बासी वा अव्यवस्थित बसोबासीको रुपमा सिफारिस गर्ने भन्ने बारे जानकारी गराइएको थियो ।

भूमि वितरण गर्दा कृषि जग्गा र आवासीय जग्गा मात्रै भूमिहीनलाई वितरण गर्न सिफारिस गर्न पनि प्रशिक्षणमा जनप्रतिनिधिहरुलाई आग्रह गरिएको थियो ।

- Advertisement -

सहभागिहरुलाई नापी कार्यालय वीरगञ्जका प्रमुख नारायण श्रेष्ठले प्रशिक्षण दिएका थिए । बिहीबार महानगरको सभाहलमा सम्पन्न अभिमुखिकरण कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले वडास्तरीय सेवा केन्द्र गठन गर्न ढिलाई भइसकेकाले यथाशक्य छिटो केन्द्र गठन गर्न आग्रह गरे ।

अहिले ३२ वटा वडामध्ये २ वटा वडामा मात्रै वडास्तरीय सेवा केन्द्र गठन भएको भन्दै सेवा केन्द्र गठनको काम एक दुई दिनमै सक्ने गरी काम गर्न आह्वान गरे ।

विगतमा निवेदन माग हुँदा कतिपय अझै निवेदन दिन छुटेकाले महानगरले भूमि आयोगलाई पत्र पठाएर पून निवेदनका लागि सूचना निकालिदिन आग्रह गरेको पनि उनले जानकारी दिए ।

विगतमा निवेदन माग भएको समयमा महानगरको ६ वटा वडाबाट १ सय ५१ वटा मात्रै निवेदन संकलन भएको छ ।
त्यसमध्ये वडा नम्वर १३ को १८ जनाले दिएको निवेदन पूर्ण रहेको र त्यहाँ निक्साको काम गर्न सकिने अवस्थामा पुगेको पनि महानगरले जनाएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -