बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
13.2 C
Kathmandu
13.2 C
Kathmandu
21.2 C
Birgunj

मधेस प्रदेशको विषयगत समिति बाँडफाँडमा सहमति

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

धनुषा,२२ माघ मधेश प्रदेशको विषयगत समिति बाँडफाँडमा दलहरूबीच सहमति भएको छ । प्रदेशसभामा प्रतिनिधित्व गरेका सबै दलले एक/एक विषयगत समिति पाउने गरी सहमति गरिएको बताइएको छ ।

- Advertisement -

प्रदेशसभामा दश राजनीतिक दलको प्रतिनिधित्व रहेकामा सातवटा दलले संसदीय दलको मान्यता पाएका छन् । ती सबै संसदीय दलले एक/एक विषयगत समिति पाउने सहमति भएको लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०का सांसद उपेन्द्र महतोले जानकारी दिए । उनका अनुसार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लेखा समितिको जिम्मेवारी पाएको छ ।

अर्को प्रतिपक्षी दल लोसपाको भागमा महिला बालबालिका तथा सामाजिक न्यायसमिति र नेकपा ९एकीकृत समाजवादी०को भागमा प्रदेश मामिला समिति परेको छ । बाँकी रहेको चार वटा विषयगत समितिमा सत्ता साझेदार दलले एकरएक वटा बाँडफाँड गरेका छन् ।

- Advertisement -

संसद्मा सबैभन्दा ठूलो दल नेकपा ९एमाले०ले कृषि तथा भूमि व्यवस्थापन समिति पाएको छ । सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा)ले विकास समिति आफैँसँग राखेको छ भने नेकपा ९माओवादी केन्द्र०लाई प्राकृतिक स्रोत तथा वातावरण समिति र जनमत पार्टीलाई अर्थ तथा योजना समितिको जिम्मेवारी दिइएको छ ।

अब प्रदेशसभाले विषयगत समितिमा सांसदलाई बस्न आह्वान गर्ने र सो आह्वान पछि दलहरुले आन्तरिकरूपमा विषयतगत समितिको सभापति चयन गर्ने बुझिएको छ । एउटा समितिमा सभापतिसहित १३र१४ जना सदस्य रहनेछन् । प्रत्येक समितिमा सबै दलको प्रतिनिधित्व रहने छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -