शैलेस गुप्ता/ पोखरीया,२७ माघ – पर्साको पोखरिया नगरपालिकामा औलो तथा कालाजारको महामारी बारे अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । पोखरीया नगरपालिकाको स्वास्थ्य शाखाको आयोजना सम्पन्न भएको १ दिने अन्तक्रिया कार्यक्रममा सरोकारवालको सहभागीता रहेको थियो ।
पोखरिया नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख कौशलेंद्र मिश्रको सभापतित्व एवं नगर प्रमुख प्रद्युमन प्रसाद चौहानको प्रमुख आथित्या सम्पन्न भएको कार्यक्रममा पोखरीया अस्पतालका निमित्त मेसु डा. संजय गुप्ता, प्रशासन शाखा प्रमुख विजय झा, स्वास्थय शाखा सहायक बिश्वनाथ महतो, शिव पटेल, नेपाल रेडक्रस सोसाइटी उप शाखा पोखरियाका सभापति भगवान प्रसाद कुर्मी ,बाल्मिकी रौनियार ,भगवान दास तत्वा, सुजीत गिरी,बृजेश डुबेडी संचार कर्मी शैलेश गुप्ता लगायतको सहभागीता रहेको थियो ।
पोखरीया नगरपालिकाको सभाहलमा आयोजना भएको कार्यक्रममा पोखरिया अस्पतालका नि.मेसु डा. संजय गुप्ताले सरुवा रोग नियन्त्रण सम्बन्धी सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।