शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
13.8 C
Kathmandu
14.4 C
Kathmandu
22.8 C
Birgunj

नव नियुक्त उर्जा तथा खानेपानी मन्त्री कलवारलाई बीरगन्जमा भव्य स्वागत

शहिदहरुको सालिकमा माल्यअर्पण गर्दै मन्त्री कलवारले शुरु गरे क्षेत्रको दौडाहा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२८ माघ – मधेश प्रदेशका नव नियुक्त खानेपानी तथा ऊर्जा विकास मन्त्री सिंगासन साह कलवारलाई जनता समाजवादी पार्टीका नेता कार्यकर्ताहरुले बीरगन्जमा भव्य स्वागत गरेका छन् । मन्त्री कलवारलाई बीरगन्जको घण्टाघरमा जसपाका जिल्ला अध्यक्ष रामनरेश यादवको नेतृत्वमा पुगेका नेता तथा कार्यकर्ताहरुको टोलीले स्वागत गरेको हो । मन्त्रीको पदभार ग्रहण गरे सकेपछि कलवार पहिलो पटक गृह जिल्ला आएको भन्दै पार्टीले उनलाई स्वागत गरेको जसपा पर्साका सचिव तवरेज अहमदले बताए ।

- Advertisement -

गृह जिल्ला पर्सा आएका मन्त्री कलवारले बीरगन्जको घण्टाघरमा अवस्थित मधेशी शहिदहरुको सालिकमा पुष्पगुच्छा तथा माल्यअर्पण गरेका छन् । सो अवसरमा मन्त्री कलवारले छोटो प्रतिक्रिया दिदै जनअपेक्षा अनुसार काम गर्ने बताए । उनले मधेशी सहिदहरुको वालिदानी कारण आफु मन्त्री जस्तो पदमा पुगको बताउँदै सहिदको सम्मानमा माल्य अर्पण गर्न बीरगन्ज पुगेको तथा यसपछि क्षेत्रको जनताहरुसँग भेटघाट गरी वहाँहरुको चाहना अनुसार काम गर्न क्रियाशिल हुने बताए ।

सहिदहरुको सालिकमा आल्यअर्पण गर्न मन्त्री कलवारसँगै जसपा मधेश प्रदेशका उपाध्यक्ष बृजमोहन तिवारी,बिन्दवासिनी गाउँपालिकाका अध्यक्ष रमेश साह तेली,महानगर कमिटि अध्यक्ष इश्वरचन्द्र यादव,युवा नेता दिवारकर पटेल,बिभिन्न स्थानिय निकायका जनप्रतिनिधिहरु समेत घण्टाघर शहिद पार्कमा पुगेका थिए । आजै मन्त्री यादवलाई पार्टीका नेता कार्यक्रर्ताहरुले पोखरीया र बसन्तपुर लगायतको ठाउँ समेत स्वागत गर्ने कार्यक्रम रहेको जसपा पर्साले जनाएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -