शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
13.8 C
Kathmandu
14.4 C
Kathmandu
22.8 C
Birgunj

पर्सामा हतियार देखाएर अपहरण गरी लुटपाट गर्ने गिरोह पक्रउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, १ फागुन । हतियार देखाएर अपहरण गरी लुटपाट गर्ने गिरोहलाई जिल्ला प्रहरी कार्यालय पर्साले सोमवार सार्वजनिक गरेको छ । दिउँसै हतियार देखाएर अपहरण गरी लुटपाट गर्ने गिरोहका ८ जनालाई प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो ।

- Advertisement -

गत बिहिवार बीरगन्ज महानगरपालिका वडा नम्बर ६ स्थित रेल्वे सडकखण्डबाट उक्त गिरोहलाई पक्राउ गरिएको पर्साका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए । पक्राउ पर्नेमा बीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैयाका सद्धाम अन्सारी, वडा नम्बर ११ श्रीपुरका सन्तोष लामा, मोजालिम मियाँ र रोशन थापा र वडा नम्बर २४ रामगढवा निवासी बिजय महतो रहेका छन् ।

बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ३ निवासी नबाब हुसेन, कलैया उपमहानगरपालिका वडा नम्बर २३ बस्ने मुकेश पटेल र भारत बिहारको मोतिहारीका इमाम अन्सारी पनि पक्राउ परेको प्रहरी उपरीक्षक शाहले बताए । उनका अनुसार रामगढवाका बिजय महतो गिरोहका मुख्य व्यक्ति हुन् ।

- Advertisement -

प्रहरी उपरीक्षक शाहका अनुसार उक्त गिरोहले बीरगन्जका बिशाल कुमार पटवालाई हतियार देखाएर अपहरण गरी लुटपाट गरेको थियो । पटवाको अपहरण भएको सूचनाका आधारमा प्रहरी निरीक्षक प्रज्वल थपलिया नेतृत्वको टोलीले बीरगन्ज महानगरपालिका वडा नम्बर १५ भिस्वाबाट उद्धार गर्न सफल भएको पनि प्रहरी उपरीक्षक शाहले जानकारी दिए । गिरोहले पटवाको साथबाट ६ लाख ५० हजार रुपैयाँसमेत लुटपात गरेको थियो ।

उक्त गिरोह भारतका विभिन्न घटनाहरुमा पनि संलग्नता रहेको अनुसन्धानको क्रममा खुलेको छ । प्रहरीले उनीहरुको साथबाट अपहरणमा प्रयोग गरिएको १ थान पेस्तोल, ५ राउण्ड गोली, ४ लाख ९५ हजार नगदसहित ना १९ प २८०८, ना ६२ प १०० र बिआर १ सिआर २४२५ नम्बरको ३ वटा मोटरसाइकल पनि बरामद गरेको छ ।

पक्राउ परेका आठै जनालाई अपहरण तथा शरीर बन्धक, डाँका, हतियार तथा खरखजाना एवं संगठित अपराधसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -