सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
11 C
Kathmandu
11 C
Kathmandu
18.2 C
Birgunj

अपौनीमा ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, २ फागुन । बीरगन्ज महानगरापालिका वडा नम्बर २० अपौनीमा ट्रकले ठक्कर दिँदा एक जना साइकल यात्रीको ज्यान गएको छ ।

- Advertisement -

सोमबारका राति करिब साढे ७ बजेतिर बहुअरीबाट परवानीपुरतर्फ गइरहेको बा प्र ०३–००१ ख १४१८ नम्बरको ट्रकले परवानीपुरबाट अपौनीस्थित घर फर्कदै गरेका बीरगन्ज २० अपौनी नागेन्द्र ठाकुरलाइ ट्रकले ठक्कर दिँदा मृत्यु भएको हो ।

अपौनी चोकबाट साइकललाई दायाँ मोड्दै गर्दा ठाकुरलाई ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् । ठाकुर सडक किनारमा रहेको सिमेन्ट रेलिङमा च्याप्पिइ गम्भिर घाइते भएका थिए ।

- Advertisement -

प्रहरी उपरीक्षक कोमल शाह नेतृत्वको टोलीले उनलाई उद्दार गरेर नारायणी अस्पताल पु¥याएको थियो । चिकित्सक टोलीले ईसिजी लगायतको चेकजाँच पछि ठाकुरको मृत्यु भइसकेको घोषणा गरेका थिए ।

ट्रकसहित चालक मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ४ पालुङ घर भएका ३३ वर्षीय रमेश गोम्बालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

स्थानीयले राति अबेरसम्म ड्राइपोर्ट–परवानीपुर सडक खण्ड अवरुद्ध गरेका थिए । उनीहरुले पीडित परिवारलाई उचित क्षतिपूर्तिको माग गरेका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -