बिहि, मंसिर २१, २०८०
Thu, December 7, 2023
बिहि, मंसिर २१, २०८०
Thu, December 7, 2023
14.1 C
Kathmandu
14.1 C
Kathmandu
23.8 C
Birgunj

जसपा सरकारमा सहभागी हुन तयार छ : उपेन्द्र यादव

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,१३ फागुन । जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति निर्वाचनका कारण सत्तासमीकरणमा आएको परिवर्तनले सरकारमा पनि असर पर्ने बताएका छन् ।

- Advertisement -

शनिबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष यादवले राष्ट्रपति निर्वाचनपश्चात सरकार परिमार्जन हुने र जसपा सरकारमा जाने बताएका हुन् ।

अहिले परिवर्तन भएको समीकरणले सरकार पनि फेरबदल हुन सक्ने उनले बताए । उनले कांग्रेसको राष्ट्रपति र जसपाको उपराष्ट्रपति सुनिश्चित भएको बताए ।

- Advertisement -

उनले भने, ‘अब जसपा पनि सरकारमा सहभागी हुन तयार छ । नयाँ समीकरणअनुसार सरकार अगाडि बढ्ने भएको छ । राष्ट्रपति कांग्रेसलाई र उपराष्ट्रपति जसपाले दिनेगरी सहमति भएको छ ।’

अध्यक्ष यादवले अब हुने सत्तासमीकरणले प्रदेशले थप अधिकार पाउने जिकिरसमेत गरे ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -