शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
18.1 C
Kathmandu
14.4 C
Kathmandu
22.8 C
Birgunj

मिथिला परिक्रमाका सहभागीले मनाए होली

सिफारिस

जनकपुरधाम,फाल्गुन १५ ।  १५ दिने मिथिला माध्यमिकी परिक्रमामा सहभागीहरूले मिथिला विहारीको डोलासँगै कञ्चनवन पुगेका छन्। कञ्चनवन पुगेका परिक्रमाका सहभागीहरूले एक अर्कालाई अबिर दलेर होली पर्व मनाएका छन्। भगवान राम र माता सीताले त्रेता युगमा रंग अबिर दलेर होली खेलेको सम्झनालाई मिथिला मध्यमा परिक्रमामा सहभागीहरू पनि होली खेलेका हुन्।

- Advertisement -

कञ्चनवनमा परिक्रमामा सहभागीहरूले रंग अबिर खेलेपछि मिथिलाञ्चलमा होली पर्वको आगमन भएको मानिन्छ। कञ्चनवनमा साभुसन्तसहित श्रद्धालुहरू सबै होलीमा रमेका थिए। परिक्रमाको डोला कञ्चन वनमा पुगेपछि होली खेल्ने परम्परा रहेको संस्कृतिविदहरू बताउँछन्। त्यहाँको होली मिथिलाञ्चलका अधिकांश मठ मन्दिरका महन्थ, सामाजिक, सांस्कृतिक, राजनीतिक क्षेत्रमा आवद्ध व्यक्तिहरुको सहभागिता हुन्छ।

- Advertisement -

फागुन शुक्ल प्रतिपदाबाट सुरू हुने मिथिला मध्यमा परिक्रमा फागुन शुक्ल सप्तमीमा मिथिला विहारीको डोलासँगै ध्रुवकुण्ड बाट कञ्चनवन पुग्ने गर्छ। यहाँ इच्छावती गंगा र वीरजा गङ्गाको संगमस्थलसमेत रहेको छ।इच्छावती नदीले भगवान रामलाई होली उत्सव मनाउन सहयोग गरेको जनविश्वास रहेको पाइन्छ। यो स्थानमा भगवान राम र माता जानकीले होली पर्व मनाएका थिए। यहाँ परिक्रमामा सहभागीहरू रंग अबिरबाट होली खेल्ने गर्छन्।

एकातिर रंगअबिर, अर्कोतर्फ होरैया गान, फेरी हजारोको सहभागिताले कञ्चनवनको होलीलाई आनन्दमय बनाउँछ। जनकपुरधामको हनुमान नगरबाट डोलासहित हिडेको परिक्रमाको डोला कल्याणेश्वर, गिरिजास्थान, मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्डपछि कञ्चनवन पुगेको हो।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -