मङ्ल, चैत्र १४, २०७९
Tue, March 28, 2023
मङ्ल, चैत्र १४, २०७९
Tue, March 28, 2023
13.2 C
Kathmandu
13.2 C
Kathmandu
21.2 C
Birgunj

प्रहरीको भ्यानबाट भागेका बलात्कार आरोपित पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,१७ फागुन । धनुषा प्रहरीको भ्यानबाट हाम फालेर फरार भएका बलात्कारका आरोपित तीन दिनपछि पक्राउ परेका छन् ।

- Advertisement -

गत आइतबार साँझ करिब ७ बजेको समयमा धनुषाको शहिदनगर नगरपालिका–३ स्थित यदुकुहा र सशस्त्र क्याप्पको बीचको नहरमा हाम फालेर फरार भएका सबैला नगरपालिका–१३ किरतपुर बस्ने २८ वर्षीय राजाबाबु मुखिया पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मंगलबार राति करिब सवा १२ बजे जिल्ला प्रहरी कार्यालय र मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटेको संयुक्त टोलीले मुखियालाई जनकन्नदनी गाउँपालिका–१ इनरुवास्थित भारतीय सीमा नजिक भारततर्फ जानको लागि लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रवक्ता वेदप्रसाद गौतमले बताए ।

- Advertisement -

यस्तै, फागुन ५ गते जबरजस्तीकरणीको आरोपमा पक्राउ परेका मुखियालाई दोस्रो पटक म्याद थप गरी लैजाँदै गरेको अवस्थामा थुनुवा गाडीमा सुरक्षार्थ खटिएको ६ जना प्रहरी कर्मचारीमाथि प्रहरी नियमावलीअनुसार आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको प्रवक्ता गाैतमले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -