शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
13.8 C
Kathmandu
14.4 C
Kathmandu
22.8 C
Birgunj

एक करोड बढीको सुनसहित तीन भारतीय पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

चितवन,१७ फागुन । बहुमुल्य धातुका गहनासहित चितवन प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। एक करोड १० लाख मूल्य बराबरको सुन र हिरा जडित गरगहनासहित तीन जना भारतीय नागरिकलाई मंगलबार राति पक्राउ गरेको हो।

- Advertisement -

पक्राउ पर्नेमा कार चालक भारतको उत्तर प्रदेश राज्यको बलिया जिल्ला फेफना थानाका ४२ वर्षीय विनोद प्रसाद, कारमा सवार भारत पश्चिम बंगाल राज्यको हौडा जिल्ला गोलावाडी पुलिस थाना, सल्किया स्कुलरोड कलकत्ताका ५१ वर्षीय गणपत कुमार तोसावर र सोही स्थानका ४२ वर्षीय नरेश बर्मा पक्राउ परेका हुन्।

६३.८९८ तोला सुन र २२.८७८ तोला हिराजडित तयारी अवस्थाका गरगहना बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। WB 12 AV 5566 भारतीय नम्बर को टाटा नेक्सन गाडीको भित्री भागमा लुकाएर अवैध रूपमा ओसारपसार गरिरहेको अवस्थामा पक्राउ गरिएको चितवन प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले बताए।

- Advertisement -

प्रहरी निरीक्षक सुवास भट्टको नेतृत्वमा रहेको टोलीले मंगलवार राती एक बजे भरतपुर महानगरपालिका वडा नं १२ गोन्द्राङमा चेकजाच गर्दा अवैध गहना फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनले पत्रकार सम्मेलन गरेर पक्राउ परेकालाई सार्वजनिक गरेको हो। बरामद गहना सहित पक्राउ परेका उनीहरूलाई पथलैयामा रहेको राजश्व अनुसन्धान कार्यालयमा पठाइएको चितवन प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले बताए।

 

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -