शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

निर्माण उद्योगमैत्री कानुन निर्माण...

हेटौंडा,१६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण उद्योगमैत्री कानुन निर्माण गरेर कार्यान्वयनमा...

टस जितेको नेपाल पहिला...

काठमाडौं,१६ चैत । टी–२० सिरिज अन्त्रगतको पहिलो खेलमा नेपाल ए ले आयरल्यान्ड ए...

अवैध लागूऔषध ब्राउन सुगरसहित...

झापा,१६ चैत । झापाका विभिन्न स्थानबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित...

किशोरीलाई जबरजस्ती करणी गरेकोअभियोगमा...

काठमाडौँ,१६ चैत । १७ बर्सिया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापाको बिर्तामोड नगरपालिका–५...
23.1 C
Kathmandu
32.3 C
Birgunj

आईसीसी विश्वकप लिग-२ : नेपाल यूएईसँग पराजित

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१८ फागुन आईसीसी विश्वकप लिग(२ अन्तर्गत त्रिकोणात्क सिरिजमा नेपाल यूएईसँग ६८ रनले पराजित भएको छ ।

- Advertisement -

युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २०७ रन बनाएको थियो । २०८ रनको लक्ष्य पछ्याएको नेपाल ३१।५ औं ओभरमा १३९ बनाउँदै अलआउट भयो ।

नेपालका लागि कुशल मल्लले सर्वाधिक ६० रन बनाएका थिए । उनले ५४ बलामा ९ चौका र १ छक्का प्रहार गरेका थिए ।
नवौं नम्बरमा ब्याटिङ गर्न आएका सन्दीप लामिछानेले २६ रन बनाए भने आशिफ शेखले १७ रन हानेका थिए ।
अरू कुनै पनि नेपाली ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन् ।

- Advertisement -

ज्ञानेन्द्र मल्ल २।३ ओभरमा बिनारन आउट हुँदा कप्तान पौडेल दुई बलै बिनारन आउट भएका थिए । त्यस्तै एक ओभर खेलको आरिफ पनि शून्य रनमा आउन भए ।

नेपालका लागि ब्याटिङ गरिरहेका आसिफ सेखले ८.५ ओभरमा १७ रन बनाएर आउट हुँदा ओपनर कुशल भुर्तेल १।२ ओभरमा ५ रन बनाएर आउट भएका थिए ।
त्यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको युएईले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७ रन बनाएको थियो ।

युएईका लागि आशिफ खानले सर्वाधिक ७२ रन बनाएका थिए । ९९ बल खेलेका खानले ५ चौका र ३ छक्का प्रहार गरेका थिए । त्यस्तै रोहन मुस्ताफाले नटआउट ५२ रन बनाएका थिए । आर्यन लाक्राले २८ रन बनाउँदा कप्तान सिपी रिजवानले २२ तथा भित्य अर्बिन्दले १८ रन बनाएका थिए।

लिग– २ को मा नेपालले ३० खेलमा १३ जित निकाल्दा १५ हार बेहोरेको छ । नेपाल २८ अंकसहित छैटौं स्थानमा छ । युएई ३० खेलमा १४ मा जित र १३ मा हारसहित ३१ अंकका साथ पाँचौं स्थानमा छ।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिएका थिए । यस्तै करण केसी आसिफ शेख र कुशल मल्लले १÷१ विकेट लिएका थिए । ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार