बीरगन्ज, २० फागुन -दोश्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिता फागुन २७ बाट संचालन हुने भएको छ । परवानीपुर युथ क्लबको आयोजनमा दोश्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगीता संचालन हुने लागेको हो ।
शनिबार खेल मैदानमा पत्रकार सम्मेलनको आयोजना गरेर आयोजक क्लबले बीरगन्ज महानगरपालिका २१ परवानीपुरको खेल मैदानमा फागुन २७ शनिवार अपरान्ह ३ बजेबाट खेल प्रतियोगिता शुरु हुने आयोजक क्लबका अध्यक्ष अलिअख्तर आलमले जानकारी दिए ।
उनका अनुसार विगत लामो समयपछि रोकिएको फुटबल प्रतियोगीता गत वर्षदेखि परवानीपुरमा शुरु गरिएकाले यसपटकका लागि निशुल्क रुपमा दर्शकका लागि खेल हेर्न सकिने व्यवस्था गरिएको छ ।
फुटबल प्रतियोगीतामा १० लाखको लगानी हुन लागेकाले विभिन्न ठाँउबाट सहयोग वापत रकम प्राप्त गरिएको अध्यक्ष आलमले बताए ।
दोश्रो फुटबल प्रतियोगीताको मुख्य प्रायोजकको रुपमा कृष्णा फाउन्डेशन ,बैंगलोर रहेको छ भने अन्य एक दर्जन भन्दा बढी विभिन्न सह प्रायोजकहरु रहेको उनले बताए । यस्तै, बीरगन्ज महानगरपालिका र परवानीपुर गाँउपालिकाले खेल प्रतियोगीतामा विशेष सहयोग गरेका छन ।
आठ वटा टिम सहभागी हुने सो प्रतियोगिता एक साता सम्म चल्ने आयोजकले जनाएको छ । मधेश प्रदेशका विभिन्न जिल्लाका ६ वटा र बागमती प्रदेशका दुई वटा गरी ८ वटा टिमले भागले लिएका छन् ।
प्रतियोगगितामा आयोजक परवानीपुर युथ क्लब , नवजनजागृति युवा क्लब सिमरा , बीरगन्ज युनाईटेड क्लब बीरगन्ज, जनकपुर स्पोर्ट क्लब धनुषा ,बेल्खाडी युवा क्लब महोतरी , हेटौंडा फुटबल एकेडमी हेटौडा, बिएफसी क्लब भरतपुर नारायणगढ सहितका टिम सहभागी हुने अध्यक्ष आलमले बताए ।
प्रतियोगीतामा विजेता हुने टिमले एक लाख ५० हजार नगद, शिल्ड र प्रमाणपत्र पाउने छन् भने उपविजेताले नगद ७५ हजार सहित शिल्ड र प्रमाणपत्र पाउने छन ।
प्रत्येक दिन खेलमा म्यान अफ दी म्याच हुने खेलाडीले नगद ५ हजार ,मेडल र प्रमाणपत्र पाउने छन् । यस्तै, उत्कृष्ट गोलकिपर, डिफेन्डर, स्ट्राईकर, मिडफिल्डर र कोचलाई जनहि ५÷५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै, प्रतियोगीता भरीमा उत्कृष्ट हुने म्यान अफ द सिरिज खेलाडीले १० हजार पाउने छन ।
पत्रकार सम्मेलनमा आयोजक क्लबका वरिष्ठ उपाध्यक्ष अनिल राम , उपाध्यक्ष रवि राम ,महासचिव दिपक यादव ,सचिव धुप मन्डल, कोषाध्यक्ष सुरेश यादव ,सदस्यहरु सफिक आलम ,रेहान आलम९काले० ,सुनिल मंडल, ईमरान आलम लगायतको सहभागीता रहेको थियो ।