सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
11 C
Kathmandu
11 C
Kathmandu
18.2 C
Birgunj

सत्ता गठबन्धनमा उपराष्ट्रपतिको उम्मेदवारबारे सहमति जुटेन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२७ फागुन सत्तारुढ १० दलको बैठकले उपराष्ट्रपतिको साझा उम्मेदवारमा सहमति जुटाउन असमर्थ भएको छ । बालुवाटारमा शनिबार बिहान बसेको बैठक उपराष्ट्रपतिको उम्मेदवारबारे केन्द्रित भएको थियो । तर, कुनै पनि सहमति जुट्न नसकेको जनमत पार्टीका अध्यक्ष सिके राउतले जानकारी दिए ।

- Advertisement -

सहमति नजुटेपछि जनमत पार्टी र जसपाले छुट्टाछुट्टै उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने र यसबारे भोलिसम्ममा सहमति जुटाउने तयारी भएको उनको भनाई छ । राउतका अनुसार जनमतले एकजना र जसपाले दुईजना उम्मेदवारको मनोनयन दर्ता गराउने तयारी भएको छ । राउतले भने पुरुष उम्मेदवार उठाउँदा भोलि खारेज हुन सक्ने खतरा भएकाले जसपाले महिला र पुरुष दुवै उम्मेदवार उठाउने र आफूहरुले ममतालाई उम्मेदवार बनाउने बताए ।

तर, गठबन्धनको संयुक्त बैठकले उपराष्ट्रपतिमा जसपाका उमेदवारलाई सहयोग गर्ने निर्णय गरेको नेकपा एकीकृतका महासचिव डा। बेदुराम भुसालले बताए । महिला वा पुरुष कसलाई उमेदवार बनाउने भन्नेबारे निर्णय गर्न जसपाको केन्द्रीय कार्यकारिणी समितको बैठक केही समयमा बस्दै छ । राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेकाले अब उपराष्ट्रपतिमा महिला उमेदवार हुनु पर्ने निर्वाचन आयोगले स्पष्ट पारिसकेको छ

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -